एनसीसी बैंकले भदौ २३ गते बोलाएको बीसौं र एक्काइसौं साधारण सभा प्रयोजनको लागि आज साउन २६ बुक क्लोज मिति तोकिएको थियो । त्यस अुनसार बोनसका लागि आईतबार नै शेयरधनी किताब बन्द भएकाले १५.८९ बोनस शेयर वापतको मूल्य समायोजन भएर कारोबार खुल्नुपर्ने हो तर नेप्सेको वेवसाईटमा मुल्य समायोजनको कुनै सूचना प्रबाह भएन ।
तर बैंकको शेयरमूल्यमा नेगेटिभ सर्किट लागेको छ । आइतबार कारोबार खुल्ने बित्तिकै बैंकको शेयरमूल्य ९.९२ प्रतिशतले घटेको छ ।
कारोबार भएको एक घण्टापछि एनसीसी बैंकको शेयर किन्ने कोही देखिएनन् ।
त्यसबारेमा मेरो लगानीले नेप्सेका प्रवक्ता मुराहरी पराजुलीसंग कुरा गर्दा आफुलाई थाहा नभएको बताए ।
उनले भने, ‘के भएको हो ? मलाई थाहा भएन म लिस्टिङ्ग शाखामा बुझेर खबर गर्छु ।’
नेप्सेको कमजोरीले मूल्य समायोजन नभई कारोबार भएको हो कि कम्पनीले नै शेयरधनी दर्ता किताब बन्दको सूचना नेप्सेलाई नदिएर गडबडी भएको हो भन्ने कुरा खुल्न सकेको छैन ।
साधारण सभामा बैंकले गत वर्षको कमाईबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १५.८९ प्रतिशतले हुन आउने एक अर्ब ११ करोड रुपैयाँ बराबरको बोनस वितरण गर्ने तयारी छ ।
एनसीसी बैंकको साधारण सभा सम्बन्धि सुचना यस्तो थियो ।