पूर्णिमा विकास बैंकको बोनस वितरण

Aug 11, 2019 06:44 PM Merolagani

पूर्णिमा विकास बैंक (PURBL) ले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गरेको ५ प्रतिशत बोनस शेयर शेयरधनीहरुको हितग्राही खाता (डिम्याट) मा जम्मा गरेको छ। बैंकले गत पुस १६ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको उक्त बोनस पठाएको हो।

कम्पनीको साधारण सभाको लागि गरेको बुकक्लोज मितिसम्म आफ्नो शेयर अभौतिक गराएका शेयरधनीहरुको खातामा बोनस जम्मा गरेको हो। सो मिति पश्चात शेयर डिम्याट गर्नेहरुको शेयरधनीलाई पनि क्रमशः उनीहरुकै डिम्याट खातामा बोनस जम्मा गरिने बैंकको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटलले जनाएको छ ।

बैंकको गत पुस २७ गते सम्पन्न ११ औं वार्षिक साधारण सभाले ५ प्रतिशत बोनस सेयर र ६.३७ प्रतिशत नगद लाभांश गरी कूल ११.३७ प्रतिशत लाभांश पारित गरेको थियो । बोनसपछि बैंकको चुक्ता पूँजी ५५ करोड १२ लाख रुपैयाँ कायम भएको छ ।

शाइन रेसुंगासँग एक्वीजिशनमा गएका कारण बैंकको शेयर कारोबार भने रोक्का रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।