नाडेप लघुवित्त पनि मर्जरमा जाने, मर्जर समिति गठन

Aug 11, 2019 07:02 PM Merolagani

नाडेप लघुवित्त (NADEP) ले पनि मर्जरमा जान मर्जर समिति गठन गरेको छ । लघुवित्त सञ्चालक हरिकृष्ण सुवेदीको संयोजकत्वमा मर्जर सम्बन्धि आवश्यक छलफल तथा गृहकार्य गर्न ४ सदस्यीय मर्जर समिति गठन गरेको हो ।

मर्जर समितिको सदस्यहरुमा सञ्चालकहरु वेद प्रसाद सिवाकोटी र विवेक कंडेल तथा प्रमुख कार्यकारी अधिकृत उपेन्द्र बहादुर कार्की सदस्य सचिव रहेका छन् ।

नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने तथा प्रोत्साहन गरेकाले लघुवित्तले प्रकृया अगाडि बढाएको जनाएको छ । मर्जर समितिले मर्जरको लागि पार्टनर खोज्ने तथा मर्जरसम्बन्धि अन्य कार्यहरू गर्नेछ ।

धादिङ्गको गजुरीमा केन्द्रीय कार्यालय रहि राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको यस लघुवित्तले ४६ जिल्लामा ८ वटा इलाका कार्यालयहरु तथा ७८ वटा शाखा तथा उपशाखा कार्याकाल मार्फत ८० हजार घरधुरीमा लघुवित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

गत आवको १५ प्रतिशतट बोनस पश्चात ३६ करोड ८० लाख रुपैयाँ चुक्ता पूँजी पुर्याएको लघुवित्तले गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा एक करोड ६८ लाख रुपैयाँ नाफा गरेको छ। लघुवित्तको चौंथो त्रैमासिक प्रतिवेदन सार्वजनिक भैसकेको छैन।

राष्ट्र बैंकको मर्जर नितिका कारण लघुवित्त कम्पनीहरूमा पनि मर्जरको लहर नै चलेको छ । हाल ९१ भन्दा बढी लघुवित्त वित्तीय संस्था सञ्चालन अनुमति पाएकोमा चार दर्जन बढी  लघुवित्त वित्तिय संस्था नेप्सेमा सूचीकृत छन्। सूचीकृत कम्पनीहरुमध्ये एक दर्जन जतिले मर्जर सम्झौता गरिसकेका छन् भने अन्यले पनि मर्जर पार्टनर खोज्न मर्जर समिति गठन क्रम बढ्दै गइरहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।