सिर्जना फाइनान्सको खुद व्याज आम्दानी घटेपनि अन्य सञ्चालन आम्दानीले बढायो नाफा

Aug 12, 2019 10:54 AM Merolagani

सिर्जना फाईनान्स (SFFIL) को आर्थिक वर्ष २०७५/०७६ मा खुद ब्याज आम्दानी १० करोड बढीले घटेपनि अन्य सञ्चालन आम्दानी  करिब १५ करोडले वृद्धि हुँदा फाइनान्सको खुद नाफा अघिल्लो आवको तुलनामा १८.४६ प्रतिशतले बढेको छ।

फाइनान्सले गत आर्थिक वर्ष २०७५/७६ मा १५ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत वर्षको तुलनामा २ करोड ४२ लाख रुपैयाँले धेरै हो । अघिल्लो वर्षको यसै अवधिमा फाइनान्सले १३ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

फाइनान्सको खुद ब्याज आम्दानीमा भने संकुचन भएको छ। यद्यपि फाइनन्सको अन्य सञ्चालन आम्दानीमा वृद्धि हुदा नाफा बढेको हो । यस अवधिमा फाइनान्सले २२ करोड ६९ लाख रुपैयाँ अन्य सञ्चालन आम्दानी गरेको छ ।

समीक्षा अवधिमा फाइनान्सले १५ करोड ८६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गतबर्षको तुलनामा १० करोड १६ लाख रुपैयाँले कम हो । गत वर्ष फाइनान्सले २६ करोड २ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । फाइनन्सले ब्याज खर्चमा उल्लेख्य रुपमा वृद्धि हुँदा ब्याज आम्दानी संकुचित भएको हो ।

७१ करोड ९८ लाख रुपैयाँ कुल व्याज आम्दानी गरेको फाइनान्सले ५६ करोड १२ लाख रुपैयाँ व्याज बापत खर्च गरेको छ।

चुक्ता पूँजी ४६ करोड ८ लाख रुपैयाँ रहेको फाइनान्सको जगेडा कोषमा २७ करोड ९ लाख रुपैयाँ संचित छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा ७ अर्ब १५ करोड २६ लाख रुपैयाँ निक्षेप संकलन गरको फाइनान्सले ४ अर्ब ७९ करोड ४७ लाख रुपैयाँ ऋण लगानी गरेको छ ।

फाइनान्समा निष्कृय कर्जा अनुपात सुधार भएको छ। अघिल्लो वर्ष १.२५ प्रतिशत रहेको खराब कर्जा अनुपातमा सुधार भएर ०.३४ प्रतिशतमा झरेको छ । फाइनान्सको प्रतिशेयर आम्दानी ३४ रुपैयाँ १४ पैसा कायम छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।