आदर्श लघुवित्त खुद नाफा १७ लाख

Aug 12, 2019 11:17 AM Merolagani

आदर्श लघुवित्त वित्तीय संस्था (ADARSHA) ले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्मा १७ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएको छ।

एक करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा १७ लाख ३१ हजार रुपैयाँ संचित छ ।

यस अवधिमा लघुवित्तले ८ करोड ८३ लाख रुपैयाँ निक्षेप संकलन तथा २ करोड ५० लाख रुपैयाँ सापटी लिएर १० करोड ५७ लाख रुपैयाँ ऋण लगानी गरेको छ ।

लघुवित्तले यस अवधिमा एक करोड ५३ लाख रुपैयाँ कुल व्याज आम्दानी गरी ५१ लाख ९३ हजार रुपैयाँ व्याज वापत खर्च गरी एक करोड एक लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।

आदर्शको खराब कर्जा अनुपात ०.३१ प्रतिशत रहेको छ ।

काभ्रेपलाञ्चोकको बनेपामा केन्द्रीय कार्यालय आदर्श लघुवित्त हाल सम्म सर्वसाधारणहरुलाई प्राथमिक शेयर निष्काशन गरेको छैन।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।