बैंकका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्री गर्ने भनि बैंकमा निवेदन दिएकाले उक्त शेयर खरिद गर्न चाहने अन्य संस्थापक लगानीकर्तालाई ३५ दिनभित्र आवेदन माग गरेको हो।
बैंकले सोमबार एक सूचना प्रकाशित गरी संस्थापक शेयरधनीले बिक्री गरेको शेयर खरिद गर्ने पहिलो अधिकार विद्यमान संस्थापक शेयरधनीहरुलाई भएकाले ३५ दिनभित्र उक्त शेयर खरिद गर्ने वा नगर्ने बारे लिखित सुचना उपलब्ध गराउन माग गरेको हो।
सूचना प्रकाशित भएको ३५ दिनभित्र शेयर खरिद गर्ने लिखित सूचना प्राप्त नभएमा प्रचलित कानुन बमोजिम आवश्यक प्रकृया अघि बढाइने बैंकले जनाएको छ। सो अवधिमा बिक्री नभएको खण्डमा बैंकले आम सर्वसाधारणलाई आवेदन खुला गर्नसक्छ।