भारतमा एउटै कम्पनीले भित्र्याउने भयो नेपालको शेयर बजारको भन्दा धेरै पूँजी

Aug 12, 2019 04:05 PM Merolagani

छिमेकी देश भारतमा एउटै कम्पनीले नेपालको पूँजी बजारको भन्दा धेरै विदेशी लगानी भित्र्याउने भएको छ। 

विश्वको सबैभन्दा ठूलो तेल कम्पनी साउदी अरामकोले भारतको सबैभन्दा ठूलो तेल प्रशोधन कम्पनीमा नेपालको शेयर बजारमा सूचीकृत कम्पनीहरुको कूल बजार पूँजीकरणभन्दा धेरै रकमको शेयर खरिद गर्ने भएको छ।

अरामकोले मुकेश अम्बानीको स्वामित्व रहेको रिलायन्स इन्डस्ट्रीजको तेल रिफाइनिङ तथा पेट्रोकेमिकल कारोबारमा २० प्रतिशत अर्थात् १५ अर्ब अमेरिकी डलर बराबरको हिस्सेदारी खरिद गर्न लागेको हो। यो भारतीय इतिहासकै सबैभन्दा ठूलो प्रत्यक्ष विदेशी लगानी हुनेछ।

यो नेपालको शेयर बजारमा सूचीकृत कम्पनीहरुको कूल बजार पूँजीकरणभन्दा धेरै हो । हाल नेपालमा सूचीकृत कम्पनीहरुको बजार पूँजीकरण साढे १५ खर्ब हाराहारीमा रहेको छ। रिलायन्समा साउदी अरामको कम्पनीले रिलायन्सको कूल पूँजीकरण ७५ अर्ब अमेरिकी डलरको २० प्रतिशत अर्थात् १५ अर्ब अमेरिकी डलरको शेयर हिस्सा खरिद गर्न लागेको हो। रिलायन्सको तेल प्रशोधनमा अरामको कम्पनीको शेयर हिस्सा १६ खर्ब ९३ अर्ब नेपाली रुपैयाँ बराबर हुन आउँछ।

रिलायन्स इन्डस्ट्रीको जामनगरामा विश्वको सबैभन्दा ठूलो रिफाइनिंग कम्प्लेक्स रहेको छ, जसको उत्पादन क्षमता प्रतिदिन १४ लाख ब्यारेल छ।

यसका साथै रिलायन्सलाई अरामकोले दीर्घकालीन रुपमा प्रतिदिन ५ लाख ब्यारेल कच्चा तेल उपलब्ध गराउने सम्झौता भएको छ।

अरामको विश्वको सबैभन्दा ठूलो तेल उत्पादक कम्पनी हो। यो साउदी अरबको सरकारी कम्पनी हो। यो दुनियाँको सबैभन्दा धेरै मुनाफा आर्जन गर्ने कम्पनी पनि हो। यसैगरी रिलायन्स भारतको सबैभन्दा ठूलो  र सबैभन्दा धेरै मुनाफा गने कम्पनी हो। साथै यो भारतको सबैभन्दा ठूलो तेल प्रशोधन कम्पनी हो। 

- स्रोत: ब्लूमवर्ग

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।