डलर अर्बपति बिनोद चौधरीको धेरै हिस्सेदारी रहेको नबिल बैंकको यस्तो छ प्रगति

Aug 14, 2019 08:09 AM Merolagani

विश्वमा डलर अर्बपतिको रुपमा चर्चामा आएका बिनोद चौधरीले आफु र निकटवर्तिको नाममा धेरै हिस्सेदारी राखेको नबिल बैंक(NABIL)ले मध्यमस्तरको प्रगति गरेको छ।

निक्षेप संकलन, कर्जा प्रवाह, ब्याज आम्दानी र खुद नाफा बढाए पनि निस्क्रिय कर्जा अनुपात उल्लेखनीय रुपमा बढ्नुलाई भने गम्भीर रुपमा लिनैपर्छ ।

कर्मचारी र संचालन खर्च बढेको छ भने कोषको लागत र आधारदर बढेर जाँदा बैंकलाई आगामी दिनहरु केही चुनौतिपूर्ण देखिन्छ ।

प्रतिशेयर आम्दानीको हिसाबले वाणिज्य बैंकहरुमा सबैभन्दा आकर्षक देखिएको छ तर गत वर्ष बोनस शेयर वितरण गरी पूँजी बढाउँदा प्रतिशेयर आम्दानीमा गिरावटको सामना गर्नु परेको छ।

चर्चित बैंकर अनिल शाहले कमाण्ड सम्हालेको बैंकलाई लगानी बढाउन सक्ने रकम पर्याप्त भए पनि पूँजी कोष खुम्चिदा त्यसमा रोकावट आउनसक्छ किनभने राष्ट्र बैंकले काउन्टर साईक्लिकल बफर लागू गरिसकेकाले नगद लाभांश वितरण गर्न पूँजी कोष अरु बढाउनुपर्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।