एनसीसी बैंकको खुद नाफा एक अर्ब ५२ करोड, नाफा बढेपनि पूँजीवृद्धिले प्रतिशेयर आम्दानी घट्यो

Aug 14, 2019 10:29 AM Merolagani

नेपाल क्रेडिट एण्ड कर्मस बैंक (NCCB) ले गत आर्थिक वर्षको चौंथो त्रैमासम्ममा एक अर्ब ५२ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको खुद नाफा १३.८१ प्रतिशत अथार्त १८ करोड ५३ लाख रुपैयाँले धेरै हो।

अघिल्लो आथिक वर्षमा बैंकले एक अर्ब ३४ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। 

पूँजी वृद्धिका कारण बैंकको प्रतिशेयर आम्दानी भने घटेको छ। गत आवमा २८ रुपैयाँ ६७ पैसा रहेको बैंकको प्रतिशेयर आम्दानीमा ६ रुपैयाँ ९२ पैसाले संकुचन आउँदा २१ रुपैयाँ ७५ पैसामा झरेको हो।

बैंकको वितरणयोग्य नाफा एक अर्ब २० करोड छ। जसबाट बैंकले १४ प्रतिशतसम्म लाभांश बाड्ने क्षमता राख्दछ।

यस अवधिमा बैंकको खुद नाफा, ब्याज आम्दानी, सञ्चालन नाफा, निक्षेप संकलन र कर्जा परिचालनमा सुधार भएपश्चात नाफामा वृद्धि भएको हो। बैंकको प्रतिशेयर आम्दानी, प्रतिशेयर नेटवर्थ, सिसिडि अनुपात घटेको छ। बैंकको खराब कर्जा, कर्जा नोक्सानी व्यवस्था, कोषको लागत, आधार ब्याजदर भने सुधार भएको छ।

यस अवधिमा बैंकको प्रतिशेयर नेटवर्थ १७८ रुपैयाँ ३८ पैसा, निष्कृय कर्जा अनुपात २.७८ प्रतिशत, आधार ब्याजदर १०.२३ प्रतिशत र पूँजी कोष १४.०४ प्रतिशत, सिसिडि ७३.८४ प्रतिशत, कोषको लागत ७.४९ रहेको छ।

बैंकले भदौ २३ गते बीसौं र एक्काइसौं वार्षिक साधारण सभाबाट उक्त बोनस पारित गर्दैछ। बोनस वितरणपछि चुक्ता पूँजी ८ अर्ब १३ करोड ३८ लाख रुपैयाँ पुग्नेछ। बैंकले मुनाफा बढाउन नसकेमा इपिएस घट्नसक्ने चुनौति देखिन्छ।

एनसीसी बैंकले असार मसान्तसम्ममा निक्षेप संकलन र कर्जा प्रवाह पनि बढाएको छ। गत आर्थिक वर्षमा ६७ अर्ब तीन करोड ५६ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ६१ अर्ब १३ करोड १८ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्षको तुलनामा बैंकले निक्षेप संकलन १७.०७ प्रतिशतले वृद्धि गरेको छ भने कर्जा प्रवाह १८.८६ प्रतिशतले बढोत्तरी गरेको छ।

बैंकको जगेडा कोषमा तीन अर्ब ५९ करोड ५९ लाख रुपैयाँ सञ्चित छ। बैंकको जगेडा कोष अघिल्लो वर्षको तुलनामा सामान्य गिरावट आएको हो। शेयरधनी कोषमा भने चमत्कारिक सुधार भएको छ। अघिल्लो आवमा १८ करोड ५९ लाख रहेको शेयरधनी कोष ८३२ प्रतिशत बढेर एक अर्ब ७३ करोड पुगेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।