मेगा बैंकले राम्रो प्रगति गरेर पनि किन लुकायो नाफा ?

Aug 14, 2019 08:54 AM Merolagani

मेगा बैंक (MEGA) ले क्रमबद्ध प्रगति गर्दै आईरहेको देखिए पनि वित्तीय विवरण प्रकाशन गर्दा नाफा लुकाउने प्रवृत्ति बढेको पाईएको छ ।

बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको चौंथो  त्रैमासको वित्तीय विवरण हेर्दा निस्क्रिय कर्जा अनुपात झिनो रुपमा बढेको देखिएको छ तर खराब कर्जा वापतको रकम भने १५० प्रतिशतले बढाएर ३० करोड पुर्याईएको छ ।

बैंकले असार मसान्तसम्ममा एक अर्ब ७१ करोड खुद नाफा गरेको देखाए पनि राष्ट्र बैंकले दिएको छुुट अवधि साउन मसान्तसम्म असुल भएका कर्जाको सावाँ ब्याजलाई नोक्सानी ब्यवस्था अन्तर्गत राखेको सहजै बुझ्न सकिन्छ। बैंकले क्रमबद्ध प्रगति गरेको देखाउन चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण पनि आकर्षक बनाउने चलाखी गरेको हुनसक्छ। 

हेर्नुहोस् मेगा बैंकको प्रगतिको तुलनात्मक अध्ययन

बैंकले गत आवको विवरणहरु लेखापरीक्षण भएको आधारमा वित्तीय विवरणमा समावेश गर्दा फरक परेको पाईएको छ ।

मेगाको कर्मचारी र सञ्चालन खर्च पनि ब्यापक रुपमा बढेर जानु सम्वेदनशील विषय हो । बैंकले शाखा विस्तार र कर्मचारी थप गर्दा खर्चको भार बढेको हो।

पूँजी कोष अनुपात र सीसीडी रेसियो सहज अवस्थामा रहेकाले उसले लगानी अरु बढाउन सक्ने अवस्था छ । मेगाले स्प्रेडदर भने निकै कम गर्नुपर्छ।

विगतमा टुरिजम डेभलपमेन्ट बैंकलाई आफुमा गाभ्दा मेगाले सकारात्मक परिणाम हाँसिल गरेको देखिएको छ तर बैंकका सञ्चालकहरु कसैको पनि २ प्रतिशत हिस्सेदारी नरहेकाले बैंकमा संस्थागत सुशासनको समस्या आउन नदिन नियमनको ब्यवस्था बलियो पार्नु आवश्यक देखिन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।