सिद्धार्थ बैंकको साढे २ अर्बको ऋणपत्र भदौ ५ गतेदेखि, ऋणपत्रमा लगानीले के फाइदा ?

Aug 14, 2019 11:12 AM Merolagani

सिद्धार्थ बैंक (SBL) को २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र भदौ ५ गतेदेखि निष्काशन हुने भएको छ। बैंकले प्रतियुनिट एक हजार रुपैयाँ अंकित दरमा २५ लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो ।

निष्काशित २५ लाख इकाईमध्ये १० लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ भने १५ लाख इकाई व्यक्तिगत तवरबाटै बैंकले संस्थाहरुलाई बिक्री गर्नेछ । सात वर्ष अवधिको ‘१०.२५% सिद्धार्थ बैंक डिबेन्चर २०८३’ ऋणपत्रमा वार्षिक १०.२५ ब्याजदर अर्धवार्षिक रुपमा भुक्तानी हुनेछ।

ऋणपत्रको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

इच्छुक लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय र मेरो शेयर सफ्टवेयर मार्फत ऋणपत्रमा छिटोमा भदौ ९ गते तथा सो अवधिमा बिक्री नभएमा असोज ५ गतेसम्म आवेदन गर्न सक्नेछन्। ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन गर्न पाउने व्यवस्था छ ।

बैंकको ऋणपत्रलाई क्रेडिट रेटिङ्ग एजेन्सी इक्रा नेपालले मध्यम खालको (औसत कर्जा जोखिम) सुरक्षा जनाउने 'इक्रा एनपि एलए माइनस' रेटिङ्ग प्रदान गरेको छ।

राष्ट्र बैंकले तरलता अभाव हटाउन तथा दीर्घकालीन स्रोत परिचालनका लागि वाणिज्य बैंकहरुलाई मौद्रिक नीति मार्फत चुक्ता पूँजीको २५ प्रतिशत ऋणपत्र अनिर्वाय जारी गर्नुपर्ने व्यवस्था गरेको छ । सो पश्चात ऋणपत्र निष्काशन नगरेका बैंकहरु धमाधम ऋणपत्र निष्काशनको तयारीमा छन्।बैंकहरुले ऋणपत्र बिक्रीबाट प्राप्त हुने शतप्रतिशत रकम कर्जा प्रवाहमा प्रयोग गर्न पाउनेछन्।

  • ऋणपत्र खरीद गर्ने लगानीकर्तालाई हुन्छन् यस्ता फाइदा

ऋणपत्रमा लगानी गर्दा लगानीकर्ता (ऋणपत्र धनी) ले कम जोखिममा ऋणपत्र निष्काशन गर्दा तोकिएको प्रतिशत ब्याज वार्षिक रुपमा प्राप्त गर्न सक्छन्। जसले गर्दा बचत तथा मुद्धती खाताहरुमा भईंरहने ब्याजदर परिवर्तनले हुने जोखिम यसका लगानीकर्ताले उठाउनु पर्दैन।

कम्पनीले साधारण शेयर र अग्राधिकार शेयरका लगानीकर्ताहरुलाई लाभांश वितरण गर्नुअघि ऋणपत्र धनीलाई ब्याज दिनुपर्छ। कम्पनीले नोक्सानमा गएको वर्ष शेयर लगानीकर्ताहरुलाई लाभांश नबाड्ने भए पनि ऋणपत्र धनीलाई अनिवार्य रुपमा ब्याज भुक्तान गर्नुपर्छ।

शेयरजस्तै डिबेन्चर धितोपत्र बजारमा पनि सूचीकृत हुने हुँदा सजिलै किनबेच गर्न सकिन्छ । अन्य बैंकहरुमा धितो राखेर ऋण लिन सकिने र निर्धारीत अवधि समाप्त भएपछि एकमुष्ठ भुक्तानी पाईने भएकाले लगानीकर्ताहरुलाई दीर्घकालीन रुपमा फाइर्दा नै हुनेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।