अपर तामाकोशी साढे ५ करोड नोक्सानीमा रहँदा हिमालयन उर्जाको कस्तो छ अवस्था ?

Aug 14, 2019 04:15 PM Merolagani

विद्युत उत्पादन सुरु नगरेका अपर तामाकोशी हाइड्रोपावर र हिमालयन उर्जा विकास कम्पनीले बुधबार खुद नोक्सानीमा रहेको वित्तीय विवरण गत आर्थिक वर्षमा सार्वजानिक गरेका छन्। दुबै हाइड्रोपावरले विद्युत उत्पादनमा ढिलाइ हुँदा आम्दानी बढाउन सकेका छैेनन्। यद्यपी अन्य आम्दानीबाट दुबै कम्पनीले आफ्नो नोक्सानी भने घटाएका छन्।

  • माथिल्लो तामाकोशी करिब साढे ५ करोड नोक्सानीमा

राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशीले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा झण्डै साढे ५ करोड रुपैयाँ नोक्सानी व्यहोरेको छ । अघिल्लो आवमा १० करोड २९ लाख रुपैयाँ नोक्सानी व्यहोरेको कम्पनीले गत आर्थिक वर्षमा ५ करोड ३९ लाख रुपैयाँ नोक्सानी व्यहोरेको हो।

दोलखामा ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी हाइड्रोपावर आयोजना निर्माण गरिरहेको कम्पनीको आयोजना सम्पन्न हुने समय लम्बिँदा विद्युत बिक्री गरेर आम्दानी बढाउन सकेको छैन।

कम्पनीले गत आवमा आयोजना निमार्ण सम्पन्न गरि ४ अर्ब ४ करोड ८७ लाख रुपैयाँ विद्युत  बिक्री गरेर कमाउने प्रक्षेपण गरेको थियो।

आयोजना समयमा नै निमार्ण हुने नसक्दा एकातिर उक्त आम्दानी गुमेको छ भने अर्कोतिर आयोजनाको लागत थपिँदा शेयरधनीलाई लाभांश प्राप्त हुने समय कम्तिमा एक वर्ष पछाडि धकेलिएको छ। आयोजनाबाट विद्युत्त उत्पादन हुन कम्तिमा चालु आवको तेस्रो त्रैमाससम्म पर्खनुपर्ने अवस्था हाल विद्यमान छ।

चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको कम्पनीको ३१ अर्ब ५० कारोड रुपैयाँ दिर्घकालीन ऋण रहेको छ।  कम्पनीले आगामी चैत सम्ममा परिक्षण उत्पादन सुरु गरी चालु आर्थिक वर्षभित्रमा बिद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ।

यस अवधिमा कम्पनीले अन्य स्रोतमार्फत ५ लाख ६२ हजार रुपैयाँ आम्दानी गरेको छ ।

हाइड्रोपावर कम्पनीको प्रतिशेयर आम्दानी ५१ पैसा ऋणात्मक छ। अघिल्लो आवमा उसको प्रतिशेयर आम्दानी १ रुपैयाँ ३० पैसाले ऋणात्मक थियो। कम्पनीको प्रतिशेयर नेटवर्थ ९३ रुपैयाँ ९५ पैसा छ।

  • हिमालयन उर्जा विकास कम्पनीको  नोक्सानी ५ लाख २२ हजार

हिमालयन उर्जा विकास कम्पनीले पनि गत आवमा ५ लाख २२ हजार रुपैयाँ नोक्सानी व्यहोरेको  वित्तीय विवरण सार्वजानिक गरेको छ। अघिल्लो आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा २५ लाख १९ हजार रुपैयाँ नोक्सानीमा रहेको कम्पनीले समीक्षा अवधिमा २० लाख रुपैयाँले नोक्सानी घटाएको हो।

हाल ९९ करोड रुपैयाँ चुक्ता  पूँजी  रहेको कम्पनीको १ अर्ब ५८ करोड रुपैयाँ दिर्घकालीन ऋण रहेको छ।

विद्युत उत्पादन सुरु नगरेकाले विद्युत बिक्रीबाट हुने आम्दानी नभए पनि समीक्षा अवधिमा कम्पनीले अन्य स्रोतमार्फत १९ लाख ५२ हजार रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आवमा यस्तो आम्दानी २ लाख ५८ हजार रुपैयाँ मात्र थियो ।

कम्पनीको प्रतिशेयर आम्दानी ५ पैसाले ऋणात्मक छ। अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी ३४ पैसाले ऋणात्मक थियो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।