सनराइज बैंकको गत आवको वित्तीय विवरणलाई कसरी हेर्ने ?

Aug 14, 2019 01:37 PM Merolagani

सनराइज बैंक (SRBL) ले बुधबार एनएफआरएस अन्तर्गत गत आर्थिक वर्षको  वित्तीय विवरण सार्वजनिक गरेको छ। अधिकांश आम्दानीको सूचकहरुमा वृद्धि गरेको बैंकको केही सूचकहरुमा भने गिरावट देखिएको छ।

बैंकको खुद नाफा अघिल्लो आर्थिक बर्षको तुलनामा १५.५८ प्रतिशतले बढेर १ अर्ब ७० करोड ७० लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा बैंकले १ अर्ब ४७ करोड खुद मुनाफा गरेको थियो।

यसैगरि बैंकले एक अर्ब ११ करोड रुपैयाँ को वितरणयोग्य मुनाफा आर्जन गरेको छ । यस मुनाफाबाट बैंकले करिब १३ प्रतिशतसम्म लाभांश शेयरधनीलाई वितरण गर्नसक्ने क्षमता बनाएको छ ।

वित्तीय विवरणमा बैंकको निक्षेप, कर्जा, खुद ब्याज आम्दानी, सञ्चालन आम्दानी, प्रतिशेयर आम्दानी, नेटवर्थ, जगेडा कोष, शेयरधनी कोष आदी सूचकहरु बढेका छन् भने अन्य सञ्चालन आम्दानी, वितरणयोग्य मुनाफा, पूँजी कोष अनुपात भने घटेको छ ।

यसैगरि खराब कर्जा अनुपात, मूल्य आाम्दानी अनुपात,कोषको लागत, आधार ब्याजदर र कोषको लागत घटेर सुधारिएका छन्। समग्रमा बैंकको गत आवमा मिश्रित प्रगति देखिएको छ । यसैगरि अनुभवी बैकर जनक शर्मा बैंकको प्रमुख कार्यकारी अधिकृतमा हाले नियुक्त भएकाले बैंकले चालु आवमा थप प्रगति गर्नेमा लगानीकर्ता आशावादी रहेका छन्।

असार मसान्तसम्म बैंकले ७५ अर्ब ४३ करोड निक्षेप संकलन गरी ६८ अर्ब ८७ करोड कर्जा लगानीबाट ३ अर्ब ५९ करोड खुद ब्याज आम्दानी गरेको छ। बैंकको सञ्चालन नाफा दुई अर्ब ६० करोड छ । यस अवधिमा बैंकको निक्षेप ११.९७, कर्जा १६.३२ प्रतिशत र सञ्चालन नाफा २७.१८ प्रतिशतले बढाएको छ ।

चुक्ता पुँजी ८ अर्ब १५ करोड २५ लाख रुपैयाँ रहेको बैंकको प्रतिसेयर आम्दानी पनि २ रुपैयाँ ८१ पैसाले बढेर २० रुपैयाँ ९४ पैसा पुगेको छ । बैंकको जगेडा कोषमा २ अर्ब ५८ करोड र शेयरधनी कोषमा एक अर्ब ४८ करोड सञ्चित रहेको छ। शेयरधनी कोष उल्लेख्य बढाएको बैंकको चुक्ता पूँजीको आधारमा बैंकको जगेडा मजबुत बन्न सकेको छैन।

यसैगरि बैंकको निष्कृय कर्जा अनुपात १.०२, र प्रतिशेयर नेटवर्थ १५१ रुपैयाँ ४७ पैसा तथा मुल्य आम्दानीको अनुपात ११.८४ गुणा छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।