बैंकको वितरणयोग्य नाफा भने १३ प्रतिशतले घटेको छ। बैंकले निक्षेप संकलन र कर्जा प्रवाह क्रमश २४.५० र २८.९९ प्रतिशतले बढाउँदा उसको निष्कृय कर्जा अनुपात भने बढेर गएको देखिन्छ। बैंकको निष्कृय कर्जा अनुपात १.१३ प्रतिशतबाट बढेर १.५६ प्रतिशत पुगेको छ।
बैंकको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ९५ पैसाबाट बढेर २० रुपैयाँ २ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १५३ रुपैयाँ ९१ पैसा पुगेको छ। बैंकको मूल्य आम्दानी अनुपात १५ बाट घटेर ११.०९ गुणामा झरेको छ।