गुराँस लघुवित्तको बोनस घोषणा

Aug 15, 2019 01:43 PM Merolagani

गुराँस लघुवित्त (GLBSL) ले गत आवको नाफाबाट चुक्ता पूँजीको ८.३८ प्रतिशत बोनस दिने घोषणा गरेको छ। साथै लघुवित्तले कर प्रयोजनका लागि ०.४४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ।

कम्पनीको बुधवार बसेको सञ्चालक समिति बैठकले लाभांश दिने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंक स्वीकृति तथा लघुवित्तको आगामी साधारण सभाले पारित गरेपश्चात मात्र शेयरधनीले प्रस्तावित लाभांश पाउनेछन्।

हाल संस्थाको चुक्ता पूँजी सात करोड ७५ लाख रूपैयाँ रहेको छ। लघुवित्तले गत बैशाख १६ देखि २० गतेसम्म २ लाख ५० हजार कित्ता प्राथमिक शेयर जारी गरेर बैशाख २६ गते बाँडफाँड गरेको थियो।

लघुवित्त कम्पनीको प्रतिशेयर आम्दानी १९ रूपैयाँ १७ पैसा रहेको कम्पनीको प्रति शेयर नेटवर्थ १२२ रूपैयाँ ८७ पैसा रहेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।