ग्लोबल आइएमईसँग मर्जर प्रकृयामा रहेको जनता बैंकले यस्तो गर्यो चौंथो त्रैमासमा प्रगति

Aug 15, 2019 05:01 PM Merolagani

जनता बैंक (JBNL) ले गत आर्थिक वर्षको चौँथो त्रैमाससम्ममा खुद नाफा बढाएर सन्तोषजनक प्रगति गरेको छ। ग्लोबल आइएमई बैंकसँग मर्जर प्रकृयामा रहेको बैंकले अघिल्लो आवको चौँथो त्रैमाससम्म रहेको १ अर्ब रुपैयाँ खुद नाफालाई १ अर्ब ३४ करोड रुपैयाँमा बढाएको वित्तीय विवरण सार्वजानिक गरेको छ ।

समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ४ प्रतिशतले बढेर ९७ करोड २६ लाख रुपैयाँ पुगेको छ। 

चुक्ता पूँजी ८ अर्ब रुपैयाँ स्थिर रहेको बैंकले जगेडा कोष २६.३८ प्रतिशतले बढाएर अझै मजबुत बनाउँदै लगेको छ। उसको निक्षेप संकलन र कर्जा प्रवाह क्रमश: ३० प्रतिशत र २६ प्रतिशतले बढेको छ भने निष्कृय कर्जा १.३२ प्रतिशतबाट घटाएर १.११ प्रतिशतमा झारेको छ ।

बैंकको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ८१ पैसा, प्रतिशेयर नेटवर्थ १३३ रुपैयाा ५४ पैसा र मूल्य आम्दानी अनुपात १२.७३ गुणा छ ।

हेर्नुहोस् जनता बैंकको वित्तीय विववरण माथिको विश्लेषणः 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।