मञ्जुश्री र गुहेश्वरी फाइनान्सको यस्तो छ गत आवको प्रगति

Aug 15, 2019 04:53 PM Merolagani

मञ्जुश्री फाइनान्स र गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले बिहीबार गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेका छन्। दुबैले आफनो खुद नाफा बढाएका छन्।

मञ्जुश्री फाइनान्स (MFIL) ले गत आवमा १० करोड ८४ लाख ५० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। अघिल्लो आवमा फाइनान्सको नाफा ९ करोड ७० करोड ९ लाख रहेको थियो।

असार मसान्तसम्म फाइनान्सले ७ अर्ब ३० करोड ७० निक्षेप संकलन गरि ६ अर्ब ५५ करोड ६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट फाइनान्सले ३१ करोड १५ लाख ब्याज आम्दानी र १६ करोड ५४ लाख सञ्चालन मुनाफा गरेको छ ।

चुक्ता पूँजी ८० करोड ४० लाख ६० हजार रुपैयाँ रहेको फाइनान्सको वार्षिक प्रतिशेयर आम्दानी १६ रुपैयाँ ५६ पैसा रहेको छ । यस्तै फाइनान्सको जगेडा कोषमा २१ करोड ४५ लाख सञ्चित छ भने खराब कर्जा अनुपात २.१९ प्रतिशत रहेको छ ।

उता गत आवमा गुहेश्वरी मर्चेन्ट (GMFIL) ले ७ करोड ९५ लाख ९१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा फाइनान्सको नाफा ६ करोड ७ लाख ६५ हजार रहेको थियो।

असार मसान्तसम्म फाइनान्सले ३ अर्ब ६१ करोड ९९ लाख निक्षेप संकलन गरि ३ अर्ब १५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट फाइनान्सले १६ करोड ६६ लाख ब्याज आम्दानी र १० करोड २७ लाख सञ्चालन मुनाफा गरेको छ ।

चुक्ता पूँजी ८० करोड रहेको फाइनान्सको वार्षिक प्रतिशेयर आम्दानी ९ रुपैयाँ ९५ पैसा रहेको छ । यस्तै फाइनान्सको जगेडा कोषमा २० करोड ५१ लाख सञ्चित छ भने खराब कर्जा अनुपात ०.३६ प्रतिशत मात्र रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।