शेयर बजारलाई प्रविधिको गम्भीर धोका, लगानीकर्ताको मनोबल त्यसै खस्कन्छ

Aug 15, 2019 06:33 PM Merolagani

- तिलक कोइराला।
नेपालको शेयर बजार प्रविधिमैत्री बन्यो भनेर ढुक्क हुनुभयो भने तपाइँले नमीठो धोका पनि खानुपर्ने हुनसक्छ। खासगरी नेपाल स्टक एक्सचेन्ज र सीडीएस एण्ड क्लियरिङको भर परेर शेयर कारोबार गर्दै हुनुहुन्छ वा बैंकबाट शेयर धितो कर्जा लिने सोचमा हुनुहुन्छ भने कुनै पनि योजना समयबद्ध रुपमा सम्पन्न हुन्छ भन्ने नठान्नुहोस्, नत्र धोका पाईएला। 

नेपाल स्टक एक्सचेन्जको पहिलेको अद्र्ध स्वचालित कारोबार प्रणालीले बेला बेलामा गंभीर धोका दिएको कुरा अहिले धेरैको संझनामा नहोला तर अहिलेको पूर्ण स्वचालित अनलाईन कारोबार प्रणालीले त्यस धोकालाई ताजा गराईदिन्छ ।

लगानीकर्ताहरुले आफ्नो योजना अनुसार शेयर किनबेच गरिरहेको बेला कतिखेर अहिलेको प्रणालीले धोका दिन्छ भन्ने कुरा यकिन गर्न सकिदैन। कति बेला आदेश राख्दा राख्दै प्रणालीले काम नगर्दा किनबेच गर्न बंचित हुनपर्छ वा राखेको आदेश हटाउँनै नपाई कतिखेर प्रणाली बन्द भएर लगानीकर्ताले थेग्न नसक्ने घाटा खानुपर्छ भन्न सकिन्न । यो प्रणालीको केही भर छैन तर केही दिन यता नेप्सेको अनलाईन कारोबार प्रणालीमा धेरै गम्भीर खालका समस्याहरु भने देखिन छाडेका छन् । तर बोनस र हकप्रदको मूल्य समायोजन गर्न भने भुसुक्कै बिर्सदा लगानीकर्ताले भोग्नुपरेको क्षति नेप्सेसँग दावी गर्ने कुनै आधार छैन ।

नेप्सेको प्रणालीले पछिल्लो समय गंभीर धोका नदिए पनि उसको सहायक कम्पनी सीडीएस एण्ड क्लियरिङमा लगानीकर्तालाई धोका दिने यो रोग सरेको छ । यस साताका चार कार्यदिन सीडीएसको प्रणालीले काम नगर्दा शेयर रजिष्ट्रार, निक्षेप सदस्य, शेयर दलाल, बैंकका कर्मचारी र लगानीकर्ताहरुले तीतो अनुभुति बटुलेर बिहीबार सुस्केरा हाल्दै घर फर्किए ।

सीडीएसले आफ्नो प्रणालीमा आएको समस्या के थियो भन्दै नभनी तीन दिनसम्म सारालाई अन्योलमा राखेर यसअघि कायम गरेको विस्वास र स्यावासी स्वाहा पार्यो । नेपाल जस्तो देशमा प्रणालीले एक घण्टासम्म काम गरेन र मर्मत गरेर छिटै संचालनमा ल्याईयो भने धेरै आपत्तिको बिषय मान्नुहुन्न तर चार, चार दिनसम्म प्रणाली ठीक गरेर काम चालु गराउँन नसक्ने सीडीएससी नालायक नै हो । यसबीचमा लगानकिर्ताले भोगेको आर्थिक तथा मानसिक क्षतिको पुर्ति उसले कसरी दिनसक्छ ? यस्तो वेवास्तापूर्ण कृयाकलपाका लागि को जिम्मेवार छन् ? कसले कसलाई कारबाही गर्ने ?

बिहीबार कार्यालय समय सकिनै लाग्दा सीडीएसको प्रणालीले काम गर्न शुरु गरेको समाचार आएपछि निक्षेप सदस्य र शेयर दलालका कर्मचारीहरु दुईदिन देखि बक्यौता रहेको राफसाफ गर्न जुटेका थिए । जनै पुर्णिमाको दिन कतिपय कर्मचारी विदामा बसेकाले कयौं निक्षेप सदस्य र शेयर रजिष्ट्रारको कार्यालयमा कर्मचारी कम नै थिए । भोलिपल्ट शुक्रबार सरकारी विदा भएकोले आईतबार नभई कार्यालय नखुल्दै थियो, त्यसैले कामको चेपुवामा परेकाहरुले निर्देशन पुर्जीहरु हेर्दै धमाधम लगानीकर्ताको खाताबाट शेयर दलालको पुल खातामा सार्न भ्याई नभ्याई गरिरहेका थिए ।

पुतलीसडकको एक निक्षेप सदस्यका कर्मचारीले अर्को कार्यालयको कर्मचारीलाई फोन गर्दै लगानीकर्ताको खातामा बैंकले कर्जा वापत रोक्का गरेको शेयर मात्र रहेकाले फुकुवा गराउँन अनुरोध गरे । लगानीकर्ताले धितो बन्धक राखेर कर्जा लिएको बैंक बेलुका साढे चार बजिसकेकाले बन्द भईसकेको थियो । ती लगानीकर्ताको खातामा रहेको शेयर फुकुवा भएन र उनी क्लोज आउँटमा परी २० प्रतिशत जरिवाना तिरे ।

चापाचापका वीचमा काम गरिरहेका कर्मचारीहरुलाई अलमलमा पार्ने गरी एक जना लगानीकर्ता आएर भने- सीडीएसले केही दिन ईडीआईएस प्रयोग नगर्नु भनेको छ, मेरो मान्छे राजधानी भन्दा धेरै टाढा छ, अब कसरी उसको खाताको शेयर राफसाफमा पठाउने ? 

कमलपोखरीको एक निक्षेप सदस्यका कर्मचारी बिहीबार बेलुकासम्म शेयर राफसाफको निर्देशन पूर्जीको चाङ अगाडि राखेर धमाधम काम गरिरहेका थिए । उनको हातमा रहेको ८०, ९० वटा निर्देशन पुर्जीको काम सक्न कम्तिमा ३ घण्टा लाग्ने निश्चित थियो तर साँझ ६ बजे नै अरु कर्मचारीहरु विदा भएर घर गईसकेकाले उनले कति ढिलासम्म बसेर काम सकें होलान् ?

कुनै बिकास बैंकले एकै दिनमा शेयर कर्जा प्रबाह गर्ने भन्दै आकर्षक बिज्ञापन गरेपछि एक लगानीकर्ता ५ दिन अगाडि सो विकास बैंकको कार्यालयमा पुगी शेयरको लगतसहित कर्जा आवेदन भरे । बैंकका कर्मचारीले अनेक बहाना गरेर तेस्रो दिनसम्म झुलाएपछि चौथो दिन मात्र मुख खोले । सीडीएसको प्रणाली बिग्रेकाले समयमै काम हुन नसकेको भन्दै कर्जा प्रबाह अरु ढिला हुने उनको बहानबाजी आयो । बिहीबार साँझ पख जब ती ऋणी सीडीएसमा शेयर रोक्का भएको प्रमाण लिएर बैंकमा पुगे, त्यतिखेरसम्म बैंकको मुख्य कार्यालयका हाकिमहरु घर हिडिसकेका रहेछन् । ती ऋणीले तीन दिन अघि शेयर दलाललाई दिएको चेक दुईपल्ट बैंकमा जम्मा भएर फर्किई खाताबाट बाउन्स वापतको रकम कट्टा भईसकेको रहेछ ।

पाँच दिनमा समेत कर्जा प्रबाह गर्न नसकेपछि ती बिकास बैंकका कर्मचारी लाचार भएर भन्दै थिए, एकैदिनमा शेयर कर्जा त भन्नका लागि मात्र भनिएको हो, कम्तिमा एक साता त लागिहाल्छ नि । सीडीएसकै प्रणालीको यस्तो हालत छ, अनि कसरी समयमा काम हुन्छ ?

नेपालको शेयर बजारमा प्रयोग गरिएको प्रविधिले ठीक ढंगले काम गर्छ कि गर्दैन भनेर परीक्षण नगरी जथाभावी प्रचारमुखी काम हुँदा नसोचेको धोका लगानीकर्ता र सरोकारवालाले पाउने गरेका छन् ।

प्रणालीमा समस्या आउनु स्वभाविक भए पनि त्यसलाई तत्काल ममर्त गरी संचालनमा ल्याउने प्राविधिकको बन्दोबस्ती र संयन्त्रको विकास नगरिनु सबैभन्दा धेरै चिन्ताको बिषय हो । बैंकिङ र पूँजी बजार जस्तो संवेदनशील एबं शीघ्र सेवा दिनुपर्ने क्षेत्रमा हेरचेक्रयाई कुनै हालतमा क्षम्य हुनुहुन्न । यस्ता घटनाले लगानीकर्ताको मनोबल खस्केर बजारप्रतिको विस्वसनियता धरासायी हुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।