"एनआईसी एशिया डुब्छ" भन्नेलाई बैंकले यसरी दियो चोटिलो जवाफ

Aug 16, 2019 08:10 AM Merolagani

शाखा र कारोबार विस्तारमा छलाङ्ग मारेको एनआईसी एशिया बैंक(NICA)ले जोखिम ब्यवस्थापनमा उच्च सतर्कता अपनाएर गत आर्थिक वर्षमा उत्कृष्ट परिणाम निकालेको छ।

एनआईसी एशिया बैंकले आक्रामक रुपमा शाखा र कारोबार विस्तार गर्दा "अब यो बैंक डुबेर किष्ट बैंक जस्तै बन्छ" भन्नेहरुलाई चोटिलो  जवाफ दिएको छ।

केही समय अघि राष्ट्र बैंकले अनुगमन गरी दुई अर्ब ८६ करोड रुपैयाँ नोक्सानी ब्यवस्था गर्न लगाएको र त्यसले बैंकको नाफामा ठूलो ह्रास ल्याउने भन्दै अफवाह फैलाईएको थियो, जसलाई बैंकको गत आर्थिक वर्षको चौंथो त्रैमाससम्मको वित्तीय विवरणले झुटो सावित गरिदिएको छ । 

 

हेर्नुहोस् तुलनात्मक स्थिति अध्ययनः 

 

एनआईसी एशिया बैंकका नायब प्रमुख सूचना अधिकारी अर्जुनराज खनियाले प्रेस बक्तब्य जारी गरी जनाए अनुसार बैंकले गत आर्थिक वर्षमा वार्षिक बिन्दुगत आधारमा २७ प्रतिशत अर्थात्  ४६ अर्ब ७६ करोडको निक्षेप वृद्धिसहित वासलातको आकार दुई खर्ब १७ अर्ब ७० करोड पु¥याउन सफल भएको छ । 

कूल कर्जातर्फ यस आर्थिक वर्षमा वार्षिक बिन्दुगत आधारमा २५ प्रतिशत अर्थात्  २९ अर्ब ५४ करोडको वृद्धि सहित  १ खर्ब ५० अर्ब तथा निक्षेप संकलनतर्फ यस आर्थिक वर्षमा वार्षिक बिन्दुगत आधारमा १९ प्रतिशत अर्थात् २९ अर्ब ३६ करोडको वृद्धि सहित १ खर्ब ८० अर्ब ५८ करोड पुर्याउन बैंक सफल भएको जनाईएको छ। यहाँ प्रस्तुत तालिकामा ग्राहकको मात्र निक्षेप तथा कर्जाको विवरण प्रस्तुत गरिएको छ । 

धेरै सूचकमा एनआईसी एशिया बैंक अन्य सम्पूर्ण वाणिज्य बैंकहरु भन्दा शीर्ष स्थानमा रहन सफल भएको बैंकको दाबी छ । बैंकको वार्षिक विन्दुगत आधारमा प्रतिशेयर आय १०८ प्रतिशतले वृद्धि भई रु. ३४.५६ तथा स्वपूँजीमा प्रतिफल १०८ प्रतिशतले वृद्धि गरी २५.१६ प्रतिशत कायम भएको बैंकले जनाएको छ । 

एनआइसी एशियाले महंगो ब्याजको मुद्धती निक्षेप कम गरी बचत खाता र डिबेन्चरबाट लगानीयोग्य रकम संकलनको रणनीति अख्तियार गरेको देखिन्छ । यसले कोषको लागत कम हुनुका  साथै बढी सुरक्षित रकम उपलब्ध हुदैछ । एनआईसीले सात अर्बको डिबेन्चर यस अघि नैै बिक्री गरिसकेको छ भने चार अर्ब ४० करोडको डिबेन्चर बिक्रीमा राखिएको छ । 

पूँजी कोष अनुपात बढेर जानु र सीसीडी रेसियो घट्नुले एनआईसी एशियालाई कारोबार बिस्तारका लागि सहज अबस्था रहेको देखिन्छ । अरु कतिपय बैंकको कोषको लागत र आधार दर, स्प्रेड  दर बढ्ने क्रम जारी रहेकोमा एनआईसी एशियाले भने उल्टै घटाउँदै लगेको छ ।

आक्रामक कारोबार बिस्तार र त्यसको जोखिमबारे चारैतिरबाट गम्भीरतापुर्वक हेरिएको छ भन्ने महसुस गरेर बैंकले उच्च सतर्कता अपनाएको देखिन्छ। आफ्नो अवस्थाबारे नियमनकारी निकायलाई पहिले नै स्पष्ट जानकारी गराएर एनआईसीले पुर्व सावधानी अपनाएको मात्रै छैन, भोलि कर्जा जोखिममा पर्दा त्यसलाई थेग्न पहिले नै आबश्यक प्रबन्ध समेत मिलाएको बुुझिन्छ । 

बैंकलाई अझ राम्रो बन्न नदिन विभिन्न शक्तिहरु लागिरहेको हुनाले एनआईसी ब्यवस्थापनले आफ्नो संस्थागत सुशासन र क्षमता अरु बलियो बनाएर आगामी दिनमा उदाहरण पेश गर्नसक्नुपर्छ। उसमाथि पाईला पाईलामा चुनौति छ भन्ने हरेक ब्यवस्थापक र संचालकले मात्रै हैन सामान्य तहका कर्मचारीले पनि बुझ्नु आवश्वक छ । 

बैंकले मुलुकभर २ सय ९५ शाखा कार्यालयहरु, ३३८ एटिएम, ५७ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गरेको छ । मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल हुन सक्नुमा  आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसा नै मुख्य कारण रहेको खनियाँको भनाई छ ।

एनआईसीका १८ लाखभन्दा बढी ग्राहक छन्।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।