आईपीओ बिक्री गरेको दुई वर्ष बित्दा पनि प्रतिशेयर आम्दानी शुन्य पार्ने हाईड्रो चिनौं

Aug 16, 2019 09:19 AM Merolagani

सर्वसाधारणमा प्राथमिक शेयर अर्थात आईपीओ बिक्री गरेको दुई वर्ष नाघ्दा पनि लगानीकर्तालाई लाभांश बाँड्न त कता हो कता उल्टै प्रतिशेयर आम्दानी शुन्य पार्ने कम्पनीमा लगानी गरेर के फाईदा ?

 यस्तो प्रश्न आईपीओ भन्दै आँखा नहेरी दगुर्नेहरुलाई रीस उठ्दो लाग्नसक्छ तर हिमालयन पावर पार्टनर(HPPL)ले उदाहरण नै प्रस्तुत गरेको छ ।

लमजुङ्गको दोर्दी खोलामा २७ मेगावाटको आयोजना बनाउँदा बनाउँदै आईपीओ बिक्री गरेको हिमालयन पावर पार्टनरले अहिलेसम्म आयोजना निर्माण पुरा गर्न सकेको छैन । यो बर्षको अन्तिमसम्ममा विजुली निकाले पनि उसले लाभांश बाँड्न अरु तीन वर्ष पर्खिनुपर्ने हुनसक्छ किनभने आयोजना निर्माणको कमजोर धरातलीय अवस्थाले खर्च बेस्सरी बढेको छ ।

प्रतिष्ठित ब्यवसायिक घराना र गैरआवासीय नेपालीहरुको लगानी रहेको भन्दैमा यस हाईड्रोेले तत्काल लगानीकर्तालाई राहत दिनसक्ने आधार छैन ।

कम्पनीले प्रकाशित गरेको गत वर्षको चौथो त्रैमासको वित्तीय विवरणमा आयोजना निर्माणकै चरणमा रहि खर्च मात्रै भएकाले प्रतिशेयर आम्दानी गणना गर्न नसकिएको स्पष्ट पारिएको छ ।

एक अर्ब ६ करोड चुुक्ता पूँजी रहेको कम्पनीको शेयर दोस्रो बजारमा अहिले १६२ रुपैयाँ हाराहारीमा किनबेच भईरहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।