अघिल्लो आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले १६ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा इन्स्योरेन्सले ८० करोड ८० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले ८१ करोड ८२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा इन्स्योरेन्सको खुद बीमा शुल्क एक करोड रुपैयाँले घटेको हो ।
इन्स्योरेन्सले पुर्नबीमा कमिशनबाट २० करोड ५० लाख, लगानी कर्जा तथा अन्य आयबाट ९ करोड ७६ लाख रुपैयाँ आम्दानी गरेको छ ।
यस अवधि सम्ममा इन्स्योरेन्सले एक लाख ८९ हजार १५६ बीमालेख जारी गरी एक अर्ब ६४ करोड ९८ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ।
७ हजार १२ दाबी वापत ९९ करोड ८७ लाख रुपैयाँ बराबरको भुक्तानी गरेको छ भने ४ हजार ८५३ दाबी वापत एक अर्ब ९३ करोड ६१ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ। यस अवधिमा इन्स्योरेन्सको ७ हजार १९७ बीमालेख नविकरण भएका छन्।
चुक्ता पूँजी एक अर्ब ७ करोड रुपैंया रहेको इन्स्योरेन्सको जगेडा कोषमा १५ करोड ७३ लाख रुपैयाँ, बीमा कोषमा ४८ करोड ६४ लाख रुपैयाँ र महाविपत्ती कोषमा ४ करोड ४४ लाख रुपैयाँ सञ्चित छ।
गत आर्थिक वर्षको असार मसान्त सम्ममा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ८६ पैसा, प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ ०५ पैसा र मूल्य आम्दानी अनुपात २१.४४ गुणा छ।