प्रुडेन्सियल इन्स्योरेन्सको खुद बीमा शुल्कसँगै नाफा पनि घट्यो

Aug 16, 2019 01:31 PM Merolagani

प्रुडेन्सियल इन्स्योरेन्स (PICL) को खुद बीमा शुल्क घटेसँगै नाफा समेत घटेको छ। इन्स्योरेन्सको गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा खुद बीमा शुल्क एक करोड ४१ लाख रुपैयाँले घट्दा खुद नाफा २ करोड ६९ रुपैयाँले घटेको हो।

गत आर्थिक वर्षको चौंथो त्रैमासमा इन्स्योरेन्सले १३ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा इन्स्योरेन्सको खुद नाफा २ करोड ६९ लाख रुपैयाँ ले घटेको हो। अघिल्लो आवको यहि अवधिमा इन्स्योरेन्सले १५ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

इन्स्योरेन्सले यस ४६ करोड ११ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। अघिल्लो आवको यहि अवधिमा इन्स्योरेन्सले ४७ करोड ५२ लाख रुपैयाँ बीमा शुल्क कमाएको थियो। यो अघिल्लो वर्षको तुलनामा एक करोड ४१ लाख रुपैयाँले कम हो ।

इन्स्योरेन्सले पुर्नबीमा कमिशनबाट १९ करोड ७३ लाख, लगानी कर्जा तथा अन्यआयबाट ४ करोड ६१ लाख रुपैयाँ आम्दानी गरेको छ ।

इन्स्योरेन्सले यस अवधि सम्ममा एक लाख २६ हजार २६८ वटा बीमालेख जारी गरी एक अर्ब २४ करोड ७५ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको हो। इन्स्योरेन्सले ६ हजार ७२८ दाबी वापत एक अर्ब ४ करोड ५० लाख रुपैयाँ भुक्तानी गरेको छ भने २ हजार ७६४ दाबीवापत अझै ५१ करोड ८९ लाख रुपैयाँको भुक्तानी गर्न बाँकी छ।

यस अवधिमा इन्स्योरेन्सको २४ हजार ३३३ बीमालेखहरु नविकरण भएका छन् ।

चुक्ता पूँजी ६४ करोड १५ लाख रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा १९ करोड २१ लाख रुपैयाँ, बीमा कोषमा ४६ करोड ३४ लाख रुपैयाँ र महाविपत्ती कोषमा ४ करोड १८ लाख रुपैयाँ संचित छ ।

कम्पनीले प्रतिशेयर आम्दानी २० रुपैयाँ ५३ पैसा, नेटवर्थ २०८ रुपैयाँ १० पैसा र मूल्य आम्दानी अनुपात २७.०३ गुणा बढी छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।