सहयोगी विकास बैंकको यस्तो छ प्रगति

Aug 16, 2019 02:04 PM Merolagani

सहयोगी विकास बैंक(SBBLJ)ले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा १७.७४ प्रतिशतले खुद नाफा बढाएर सन्तोषजनक प्रगति गरेको छ। अघिल्लो आवमा १० करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले गत आवको सोहि अवधिमा १२ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको छ

समीक्षा अवधिमा बैंकले ब्याज आम्दानी तथा सञ्चालन नाफामा पनि वृद्धि गरेको छ । असार मसान्तसम्ममा बैंकले २३ करोड ३४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। 

बैंकले निक्षेप संकलन ३ अर्ब ७५ करोड ११ लाख रुपैयाँबाट बढाएर ४ अर्ब ६१ करोड १४ लाख रुपैयाँ पुर्याएको छ भने कर्जा प्रवाह २ अर्ब ९३ करोड १३ लाख रुपैयाँबाट बढाएर ३ अर्ब ९५ करोड ८४ लाख रुपैयाँ पुर्याएको छ।

बैंक सिटिजन्स बैंकसँग विलय हुने सम्झौता गरेको यस बैंकको चुक्ता पूँजी ५० करोड ९ लाख रुपैयाँ रहेको बैंकले जगेडा कोषमा २५ करोड ६७ लाख रुपैयाँ राखेको छ ।

प्रतिशेयर आम्दानी २५ रुपैयाँ १२ पैसा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १५० रुपैयाँ ३८ पैसा र मूल्य आम्दानी अनुपात ७.८४ गुणा छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।