एनएमबि माइक्रोफाइनान्सको २४ करोडको हकप्रदको रेटिङ सम्पन्न

Aug 16, 2019 04:53 PM Merolagani

एनएमबि माइक्रोफाइनान्स (NMBMF) ले निष्काशन गर्न लागेको हकप्रद शेयरले ग्रेड ४ रेटिङ पाएको छ। कम्पनीले चुक्ता पुँजीको १५० प्रतिशत हकप्रद शेयर निष्काशनको लागि गराएको रेटिङमा क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ग्रेड ४ प्रदान गरेको छ। जसले कम्पनीको आधारभुत अवस्था औसत भन्दा कमजोर बुझाउँछ।

कम्पनीले बिक्री प्रबन्धक सनराइज क्यापिटल मार्फत कम्पनीले १ः१.५ अनुपातमा २४ लाख ३० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । 

माइक्रोफाइनान्सले हकप्रद बिक्रीको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ ।

माइक्रोफाइनान्सलको गत पुस २९ गते सम्पन्न साधारण सभासभाले चुक्ता पुँजीको १५० प्रतिशत हकप्रद शेयर बिक्री गर्ने निर्णय गरेको थियो । हकप्रदपछि पुँजी ४० करोड ५० लाख ६९ हजार रुपैयाँ पुग्नेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।