सनराइज बैंक र नेपाल बैंकिङ्ग इन्स्टिच्युट बीच सहकार्य

Aug 16, 2019 06:23 PM Merolagani

सनराइज बैंक र नेपाल बैंकिङ्ग इन्स्टिच्युट बीच तालिम तथा सिप विकासको सम्झौता पत्रमा हस्ताक्षर भएको छ। सो सम्झौतापत्रमा सनराइज बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र नेपाल बैंकिङ्ग इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत सञ्जिव सुब्बाले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार नेपाल बैंकिङ्ग इन्स्टिच्युटले सनराइज बैंकका कर्मचारीहरुलाई व्यतिmत्व तथा सिप विकासको प्रशिक्षणमा सहभागी हुने अवसर प्रदान गर्नेछ।

वार्षिक ५० लाख बराबरको प्रशिक्षण गराइने उक्त सम्झौता, यस आर्थिक वर्षको पहिलो सम्झौता रहेको नेपाल बैंकिङ्ग इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत सन्जिव सुब्बाले बताए।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।