आशा लघुवित्तले गर्यो लाभांश घोषणा

Aug 18, 2019 11:46 AM Merolagani

आशा लघुवित्त (ALBSL) ले गत आर्थिक वर्षको मुनाफाबाट  वितरणको घोषणा गरेको छ। लघुवित्तले  चुक्ता पूँजीको १२ प्रतिशत बोनस तथा कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद लाभांश वितरण गर्नेे प्रस्ताव गरेको छ ।

लघुवित्तको साउन ३१ गते शुक्रबार बसेको सञ्चालक समिति बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो। उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा लघुवित्तको आगामी साधारण सभाले पारित गरेपश्चात मात्र शेयरधनीले प्राप्त  गर्नेछन् ।

हाल लघुवित्तको चुक्ता पूँजी २० करोड ७४ लाख रुपैयाँ रहेको छ। उक्त बोनस वितरण पश्चात लघुवित्तको चुक्ता पूँजी २३ करोड २२ लाख ८८ हजार रुपैयाँ पुग्नेछ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।