नेपालीले खाए १५ अर्बको कोकाकोला, बिक्री बढेपनि नाफा भने घट्यो

Aug 18, 2019 02:32 PM Merolagani

नेपालीहरुले गत आर्थिक वर्षमा १५ अर्ब ६ करोड ६८ लाख रुपैयाँ भन्दा बढीको कोकाकोला लगायतका उत्पादनहरु उपभोग गरेका छन्। कम्पनीको उत्पादनको बिक्री अघिल्लो आवको यसै अवधिको तृुलनामा ३२ करोड ६७ लाख रुपैयाँले बढेको हो।  

विश्वको चर्चित पेय पदार्थ कोकाकोला ब्राण्डको नेपालस्थित उत्पादकहरु बोटलर्स नेपाल बालाजु (BNL) ले गत आर्थिक वर्षमा ९ अर्ब ४९ करोड ६९ लाख र बोटलर्स नेपाल तराई (BNT)ले गत आर्थिक वर्षमा ५ अर्ब ५७ करोड १६ लाख रुपैयाँ भन्दा बढीको कोकाकोला लगायतका उसका उत्पादनहरु नेपालीहरुलाई बिक्री गरेका छन्। अघिल्लो आवको तुलनामा बालाजुको उत्पादन ४१ करोड ३५ लाखले बढेको हो भने तराईको ८ करोड ६८ लाखले घटेको हो।

दुबै कम्पनीको खुद नाफा घट्यो

कम्पनीहरुको उत्पादन बिक्री बढेर १५ अर्ब पुगेपनि दुबै कम्पनीको मुनाफा भने अघिल्लो आवको तुलनामा गत आवमा करिब ७५ करोड रुपैयाँले घटेको छ।

बोटलर्स नेपाल बालाजुले यस अवधिमा ६२ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा ३८ करोड ७ लाख रुपैयाँले कम हो। अघिल्लो आर्थिक वर्षको यहि अवधिमा बालाजुको खुद नाफा १ अर्ब ९० लाख रुपैयाँ थियो।

उता बोटलर्स नेपाल तराईले ३४ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्षको यहि अवधिको तुलनामा ३६ करोड ९० लाख रुपैयाँले घटेको हो। अघिल्लो आर्थिक वर्षको यहि अवधिमा कम्पनीको खुद नाफा ७१ करोड ५४ लाख रुपैयाँ थियो।

चुक्ता पूँजी १९ करोड ४८ लाख ८९ हजार रुपैयाँ रहेको बोटलर्स बालाजुको प्रतिशेयर आम्दानी वार्षिक ३०६ रुपैयाँ र मूल्य आम्दानी अनुपात ६ गुणा बढी छ । यस्तै जगेडा कोषमा ३ अर्ब ४६ करोड ६३ लाख रुपैयाँ सञ्चित छ भने प्रतिशेयर नेटवर्थ १ हजार ९८६ रुपैयाँ छ।

उता १२ करोड १० लाख रुपैयाँ चुक्ता पूँजी रहेको बोटलर्स तराईको यस अवधिमा बोटलर्स बालाजुको प्रतिशेयर आम्दानी २८६ रुपैयाँ र मूल्य आम्दानी अनुपात २४ गुणा बढी छ । बालाजुको जगेडा कोषमा २ अर्ब ७ करोड ७९ लाख रुपैयाँ सञ्चित छ भने प्रतिशेयर नेटवर्थ १ हजार ८१७ रुपैयाँ रहेको छ ।

कोकाकोलाको नेपाली उत्पादकहरुले कोकाकोला, स्प्राइट, फ्यान्टा, माजा पेय पदार्थ तथा किन्ले प्रशोधित पानी बिक्री वितरण गर्दै आइरहेको छ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।