जनउत्थान लघुवित्तको खुद नाफा ९० प्रतिशतले बढ्यो, अन्य सूचकमा पनि सुधार

Aug 18, 2019 03:21 PM Merolagani

जनउत्थान सामुदायिक लघुवित्त (JSLBB) ले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा २ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा ९०.४९ प्रतिशतले धेरै हो । 

अघिल्लो आवमा लघुवित्तले एक करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चुक्ता पूँजी ११.९० प्रतिशतले बढाएर ४ करोड २९ लाख रुपैयाँ पुर्याएको लघुवित्तले जगेडा कोषमा ८०.२१ प्रतिशतले सुधार गर्दै ६ करोड ५३ लाख रुपैयाँ सञ्चित गरेको छ ।

चौंथो त्रैमाससम्म लघुवित्तले ४० करोड ८८ लाख निक्षेप संकलन र ९५ करोड ६५ लाख सापटीबाट एक अर्ब ३७ करोड ६१ लाख रुपैयाँ बराबरको कर्जा परिचालन गरेको छ ।

यस अवधिमा लघुवित्तले ८ करोड ८२ लाख खुद ब्याज आम्दानी गरेको छ । यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा ५७.२० प्रतिशतले धेरै हो । अघिल्लो आवमा लघुवित्तले ५ करोड ६१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

अघिल्लो आवको तुलनामा लघुवित्तको निष्क्रिय कर्जा अनुपात १.३५ बाट बढेर २.२३ प्रतिशत पुगेको छ ।

प्रतिशेयर आम्दानी ५७ रुपैयाँ ४६ पैसा रहेको लघुवित्तको प्रतिशेयर नेटवर्थ ३२७ रुपैयाँ ०१ पैसा र मूल्य आम्दानी अनुपात १६.२७ गुणा छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।