लघुवित्त कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले चुक्ता पूँजी ११ करोड ४ लाख ५७ हजार ५०० रुपैयाँको ३५ प्रतिशतले हुन आउने ३ करोड ८६ लाख ६० हजार १२५ रुपैयाँ बराबरको बोनस शेयर र २० लाख ३४ हजार ७४३ रुपैयाँ नगद कर तिर्न वितरण गर्ने निर्णय गरेको हो।
सञ्चालक समितिबाट प्रस्तावित लाभांश राष्ट्र बैंक र कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन भएपछि शेयरधनीहरुलाई वितरण हुनेछ।
गत आर्थिक वर्षमा ग्लोबल आइएमई लघुवित्तले ६ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ६१ रुपैयाँ ६२ पैसा कायम गरेको छ। बोनस प्रस्तावसँगै लघुवित्तको शेयरमूल्य ७.३५ प्रतिशत बढेर प्रतिकित्ता ७३० पुगेको छ ।