नेप्से परिसूचक ९.२० अंकले घटेर १२१४ बिन्दुमा,ग्लोबल आईएमई लघुवित्तको शेयरमूल्यमा सर्किट

Aug 18, 2019 04:31 PM Merolagani

नेप्से परिसूचक आइतबार ९.२० अंकले घटेर १२१४.८३ बिन्दुमा झरेको छ। यस दिन कारोबारमा आएका १६० कम्पनीको ११ लाख एक हजार ७७६ कित्ता शेयर ३२ करोड ९५ लाख रुपैयाँमा खरिद बिक्री भयो। आइतबार भएको कारोबार रकम गत बिहीबारको तुलनामा ९ करोड ४८ लाखले घटेको हो।

आइतबार गत आर्थिक वर्षको मुनाफाबाट ३५ प्रतिशत बोनस वितरण गर्ने घोषणा गरेसँगै ग्लोवल आइएमई लघुवित्तको शेयर मूल्य झण्डै १० प्रतिशतले वृद्धि भएको छ। रिलायन्स फाइनान्सको ६.८४ प्रतिशत र गुडविल फाइनान्सको ३.७३ प्रतिशतले शेयरमूल्य बढेको छ ।  

 

उता गुँरास लघुवित्तको शेयर मूल्य सबै भन्दा धेरै ४.७५ प्रतिशतले आरालो लागेको छ। वल्ड मर्चेन्ट फाइनान्स, गुँरास लाईफ, रिडी हाइड्रोपावर, सेञ्चुरी बैंक र प्रुडेन्सियल इन्स्योरेन्सको शेयरमूल्य ३ प्रतिशत धेरैले घटेको छ।

आइतबार कारोबारमा आएका ११ उपसमूहका सूचकमध्ये उत्पादन तथा प्रशोधनको सूचक मात्र १.८ अंकले सकारात्मक भएको छ। अन्य १० उप समूहको सूचक नकारात्मक भएका छन् ।

जस मध्येमा जीवन बीमा समूहको सूचक सबैभन्दा धेरै ८७.४२ अंकले घटेको छ। वित्त समूह ३६.५८, र्निजीवन बीमा ३१.५८, जलविद्यत १८.७७, होटल ११.१९, अन्य ११.१४, लघुवित्त ८.५८, विकास बैंक ५.४३ र म्युचुअल फण्डको सूचक ०.०६ अंकले गिरावट भएको छ।

 

यस दिन एनआइसि एशिया बैंकको शेयर कारोबार सबै भन्दा धरै भएको छ। बैंकको ८३ हजार ६०२ कित्ता शेयर दुई करोड ४५ लाख रुपैयाँ बराबरमा खरिद बिक्री भएको छ। गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार वाणिज्य बैंक मध्येमा एनआइसी एशिया बैंकको सबैभन्दा धेरै प्रतिशतले नाफा बढाएपछि बैंकको प्रगतिबाट आकर्षित भई  लगानीकर्ताहरु यस बैंकको शेयरमा खरिद बिक्री चाप बढाउँदा बैंकको उच्च कारोबार भएको हो।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।