नेको इन्स्योरेन्सको खुद बीमा शुल्क एक अर्ब माथि, नाफामा पनि सुधार

Aug 19, 2019 12:09 PM Merolagani

नेको इन्स्योरेन्स (NIC) ले गत आर्थिक वर्षको चौंथो त्रैमास सम्ममा एक अर्ब १४ करोड ५१ लाख रुपैंयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षको यसै अवधिको तुलनामा यो रकम १६ करोड रुपैयाँले बढी हो ।

अघिल्लो वर्षको यहि अवधिमा कम्पनीले ९८ करोड ५१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । यस्तै कम्पनीले पुर्नबीमा कमिशन आयबाट २१ करोड ८६ लाख रुपैयाँ, लगानी कर्जा तथा अन्य आयबाट १० करोड ९ लाख रुपैयाँ आम्दानी गरेको छ ।
यस अवधिमा इन्स्योरेन्सले अघिल्लो वर्षको तुलनामा ४ करोड १२ लाख रुपैयाँ खुद नाफा बढाएर ३४ करोड ३६ लाख रुपैयाँ कमाएको छ ।अघिल्लो आर्थिक वर्षको चौंथो त्रैमासमा कम्पनीले ३० करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
एक अर्ब १७ करोड ६२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ४६ करोड ३७ लाख रुपैयाँ, बीमा कोषमा ६० करोड ७४ लाख रुपैयाँ र महाविपत्ती कोषमा ५ करोड ६९ लाख रुपैयाँ संचित छ ।
दुई लाख ७६ हजार ७१५ वटा बीमा लेख जारी गरेको कम्पनीले यस अवधिसम्ममा एक अर्ब ९१ करोड ६२ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । कम्पनीमा नवीकरण गरिएको बीमालेख संख्या २६ हजार ३५५ वटा छ ।
समीक्षा अवधिमा कम्पनीले ५ हजार ८३९ वटा दाबी वापत एक अर्ब २ करोड ३५ लाख रुपैयाँ भुक्तानी गरेको छ भने १ हजार ५९० वटा दाबी वापत ४० करोड ६६ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

कम्पनीको प्रतिशेयर आम्दानी २९ रुपैयाँ २२ पैसा, प्रतिशेयर नेटवर्थ १९५ रुपैयाँ ९० पैसा र मूल्य आम्दानी अनुपात १६.९४ गुणा बढी छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।