सोमर्स्वीले उपत्यका बाहिर पनि 'सीङ्ग उइथ सुशान्त' आयोजना गर्ने

Aug 19, 2019 01:43 PM Merolagani

सोमस्र्वीले उपत्यका बाहिर पनि ‘सिङ्ग विथ सुशान्त’  कार्यक्रम आयोजना गर्ने भएको छ। सोमर्स्वीले धरान, बुटवल, पोखरा र नारायणगढमा लगायत विभिन्न शहरहरुमा अगस्ट महिना भित्रै कार्यक्रम आयोजना गर्ने भएको हो।

लोकप्रिय तथा चर्चित गायक सुशान्त के.सी सोमर्स्वीको ब्रान्ड एम्बेष्डर समेत हुन्। सोमर्स्वीले ‘सिङ्ग विथ सुशान्त’  साँझको एउटा कार्यक्रम क्लाम रेष्टुरेन्ट एण्ड बारमा आयोजना गरेको थियो।  सुशान्त केसीसँगको संगीतमय साँँझले ‘काल्म रेष्टुरेन्ट तथा बार’मा युवा र संगीत प्रेमीहरुको ठूलो भीड लाग्यो ।

साँझमा युवा र संगीत प्रेमीहरुको ठूलो भीडलाई आकर्षित गराएको आयोजक सोमर्स्वीको भनाई छ। गायक केसीको ‘मायामा’ र ‘गुलाबी’ जस्ता लोकप्रिय गीतहरुको प्रस्तुति दिएका थिए। यस्तै गायक केसीले आफ्नो ९ वटा लोकप्रिय गीतहरु गाउनुको साथै आफ्नो प्रशसंकहरुलाई छिट्टै नै बजारमा आउन लागेको नयाँ गीत “रङ्गीन” पनि प्रस्तुत गरेका थिए ।

गोर्खा बु्रअरी प्रा.लि.का मार्केटिंग म्यानेजर रोजन अमात्यका अनुसार यो कार्यक्रम धेरै राम्रो भयो र युवाहरुको भीडले सुशान्त केसीसँग हरेक पल रमाइलो भयो । 

फ्रेन्डसीप महिना अभियान अन्तर्गत सोमस्र्वीले विशेष अतिथीको रुपमा ५० जना भाग्यशाली विजेताहरुलाई आफ्नो साथीको साथमा आमन्त्रित गरेको थियो। भाग्यशाली विजेताहरुलाई फेसबुक प्रतियोगिताबाट छनौट गरिएको थियोे।

 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।