सेन्ट्रल फाइनान्सको नाफामा १२.१४ प्रतिशतको सुधार

Aug 19, 2019 01:57 PM Merolagani

सेन्ट्रल फाइनान्स (CFCL) ले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्म ८ करोड ३६ लाख ९६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२.१४ प्रतिशतले धेरै हो।

अघिल्लो आवमा फाइनान्सले ७ करोड ४६ लाख ३६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

खुद ब्याज आम्दानी बढेसँगै फाइनान्सको खुद नाफामा बढोत्तरी देखिएको हो। 

यस अवधिमा फाइनान्सले १९ करोड २६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २७.७८ प्रतिशतले धेरै हो । अघिल्लो आवमा फाइनान्सले १५ करोड ८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

चुक्ता पूँजी ८० करोड १७ लाखबाट ८२ करोड ३३ लाख रुपैयाँमा बढाएको फाइनान्सको जगेडा कोष ११ करोड १३ लाखबाट बढेर १९ करोड ४३ लाख रुपैयाँ सञ्चित हुन  पुगेको छ।

फाइनान्सले ३ अर्ब ६५ करोड १४ लाख निक्षेप संकलन र ४४ लाख ९६ हजार सापटीबाट ३ अर्ब २२ करोड ६४ लाख रुपैयाँ बराबरको कर्जा परिचालन गरेको छ।

चौंथो त्रैमाससम्म फाइनान्सको निष्क्रिय कर्जा अनुपात ०.९४ बाट बढेर १.११ प्रतिशत पुगेको छ।

प्रतिशेयर आम्दानी १० रुपैयाँ १६ पैसा रहेको फाइनान्सको प्रतिशेयर नेटवर्थ १२३ रुपैयाँ ६० पैसा र मूल्य आम्दानी अनुपात ११.७१ छ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।