नागबेली लघुवित्तले प्रस्ताव गर्यो आकर्षक लाभांश

Aug 19, 2019 03:00 PM Merolagani

नागबेली लघुवित्त (NBBL) ले गत वर्षको कमाइबाट शेयरधनीहरुलाई आकर्षक लाभांश प्रस्ताव गरेको छ। लघुवित्तले अघिल्लो आवको तुलनामा गत आवबाट करिब तेब्बर धेरै लाभांश शेयरधनीलाई बाँड्ने भएको हो। लघुवित्तले कर प्रयोजन समेत गरी २७.३६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

लघुवित्तको भदौ १ गते सम्पन्न सञ्चालक समितिको २६५ औं बैठकले  आर्थिक वर्ष २०७५/०७६ को वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको २६ प्रतिशतले हुन आउने ४ करोड ३५ लाख ९६ हजार ६७० रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि १.३६ प्रतिशत अर्थात २२ लाख ९४ हजार ५६१ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

 

अघिल्लो आवको मुनाफाबाट लघुवित्तले ९.३८ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.४९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। 

हाल १६ करोड ७६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तको बोनस वितरणपछि चुक्ता पुँजी २१ करोड १२ लाख रुपैयाँ पुग्नेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।