राष्ट्रिय वाणिज्य बैंकको ब्राण्ड एम्बासडरमा मिस नेपाल अनुष्का श्रेष्ठ

Aug 19, 2019 06:17 PM Merolagani

राष्ट्रिय बाणिज्य बैंक (RBB) ले आफ्नो व्यवसाय प्रवद्र्धनको लागि मिस नेपाल–२०१९ अनुष्का श्रेष्ठलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरिएको छ। राष्ट्रिय वाणिज्य बैंक र दी हिडन ट्रेजर प्रा.लिबीच मिस नेपाल श्रेष्ठलाई ब्रान्ड एम्बासडर नियुक्त गर्ने सम्झौता भएको हो।

सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजरको तर्फबाट अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतीले हस्ताक्षर गरेका हुन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले राष्ट्रिय बाणिज्य बैंक अन्य बाणिज्य बैंकहरुसँग प्रतिस्पर्धा गर्दै अघि बढिरहेको र आगामी दिनमा यसको सेवालाई अझ विस्तार गर्दै लैजाने क्रममा आफ्नो व्यवसायलाई प्रवद्र्धन गर्नको लागि बैंकले आफ्नो ब्रान्ड एम्बासडरमा मिस नेपाल २०१९ अनुष्का श्रेष्ठलाई नियुक्ती गरिएको जानकारी गराए ।

कार्यक्रममा दी हिडन ट्रेजरका अध्यक्ष कक्षपतीेले सरकारी बैंकसँगको यस्तो सम्झौताले सरकारी संस्थाप्रति नीजि क्षेत्रको गुनासो कम हुंदै जाने र बैंकले नयाँ पुस्तामा समेत आफ्नो उपस्थिति सशक्त बनाउन सक्ने विश्वास लिएको बताए ।

नवनियुक्त ब्रान्ड एम्बास्टर मिस नेपाल २०१९ अनुष्का श्रेष्ठले आफु सरकारी स्वमात्विमा रहेको बाणिज्य बैंकको ब्रान्ड एम्बासडर हुन पाउदा अत्यन्त खुसी लागेको बताए । यस अघि बैंकको ब्रान्ड एम्बास्डरमा पनि पुर्व मिस नेपाल श्रृंखला खतिवडा थिईन ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।