समता माइक्रोफाइनान्सको सञ्चालकको राजीनामा स्वीकृत

Aug 19, 2019 06:57 PM Merolagani

समता माइक्रोफाइनान्स (SMATA) को सञ्चालक सुवास पौडेलको राजीनामा स्वीकृत भएको छ। सञ्चालक समितिको साउन २७ गते सम्पन्न ७९ औं बैठकले पौडेलको राजीनामा स्वीकृत गरेको हो।

सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक रहेका पौडेलले व्यक्तिगत काराणले साउन १ गते पदबाट राजीनामा दिएका थिए। 

उक्त रिक्त सञ्चालकको पदपूर्ति लघुवित्तको आगामी वार्षिक साधारण सभाबाट हुने लघुवित्तका कम्पनी सचिव विश्वराज श्रेष्ठले जानकारी दिए।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।