एनआईसी एशिया र माछापुच्छ्रे बैंकको ऋणपत्र बिक्री बन्द हुँदै

Aug 20, 2019 11:03 AM Merolagani

एनआईसी एशिया र माछापुच्छ्रे बैंकले बिक्रीमा ल्याएका साढे ७ अर्ब रुपैयाँ बराबरको ऋणपत्रमा आवेदन दिने मंगलबार अन्तिम दिन रहेको छ। माछापुच्छ्रेको ३ अर्ब र एनआईसी एशियाले  बिक्रीमा ल्याएको साढे ४ अर्ब रूपैयाँ बराबरको ऋणपत्र मंगलबार कार्यालय समय पश्चात निष्काशन बन्द हुन लागेको हो।

इच्छुक लगानीकर्ताले दुबै बैंकको ऋणपत्रमा मंगलबार कार्यालय समयभित्र धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाको अलवा मेरो शेयर सफ्टवेयरबाट समेत आवेदन गर्न सक्नेछन्।

एनआईसी एशिया बैंक (NICA) ले साउन ६ गतेदेखि एक हजार रूपैयाँ अंकित दरका ४ अर्ब ४० करोड रूपैयाँ बराबरको ४४ लाख कित्ता ऋणपत्र बिक्रीमा ल्याएको थियो ।

कूल निष्काशनमध्ये ६० प्रतिशतले हुन आउने २ अर्ब ६४ करोड रूपैयाँ बराबरको व्यक्तिगत तवरबाट बिक्री गर्ने छ भने ४० प्रतिशतले हुन आउने १ अर्ब ७६ करोड रूपैयाँ बराबरको ऋणपत्रमा सर्वसाधारणले आवेदन गर्न पाउनेछन्। 

बिक्री प्रबन्धक सानिमा क्यापिटल मार्केट रहेको बैंकको ऋणपत्रमा कति आवेदन पर्यो भन्ने कुरा क्यापिटलले उपलब्घ गराउन चाहेन। बेलुकासम्म मात्र कति आवेदन पर्यो भन्न सकिने क्यापिटलले जनाएको छ। 

सात वर्षको अवधिमा परिपक्व हुने “एनआईसी एशिया ऋणपत्र २०८३/०८४” ऋणपत्रमा वार्षिक १०.२५ प्रतिशत व्याजदर पाइने छ भने ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिने बैंकले जनाएको छ।

त्यसैगरी माछापुच्छ्रे बैंक (MBL) ले प्रतिइकाई एक हजार रूपैयाँका दरले कूल ३० लाख इकाई अर्थात ३ अर्ब रूपैयाँ बराबरको ऋणपत्र बिक्रीमा ल्याएको थियो।

कूल निष्काशित ३० लाख इकाईमध्ये १८ लाख अर्थात एक अर्ब ८० करोड बराबरको ऋणपत्र बैंकले व्यक्तिगत तवरबाट बिक्री गर्नेछ भने सामूहिक लगानी कोषकालाई छुट्टाइएको ६० हजार सहित १२ लाख इकाई अर्थात एक अर्ब २० करोड रूपैयाँ बराबरको ऋणपत्रमा सर्वसाधारणले आवेदन गर्न पाउनेछन्। 

इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ११ लाख ७० हजार कित्ताका लागि आवेदन गर्न सक्नेछन्।

बैंकले निष्काशनमा ल्याएको ७ वर्षे अवधिको ‘१०.२५ प्रतिशत माछापुच्छ्रे बैंक डिबेन्चर २०८५’ मा वार्षिक १०.२५ प्रतिशत ब्याजदर अर्धवार्षिक रूपमा दश वर्षसम्म निरन्तर भुक्तानी हुनेछ। बैंकले धितोपत्र बोर्डबाट असार ४ गते ऋणपत्र बिक्री गर्न अनुमति पाएको थियो।

  • ऋणपत्र खरीद गर्ने लगानीकर्तालाई हुन्छन् यस्ता फाइदा

ऋणपत्रमा लगानी गर्दा लगानीकर्ता (ऋणपत्र धनी) ले कम जोखिममा ऋणपत्र निष्काशन गर्दा तोकिएको प्रतिशत ब्याज वार्षिक रुपमा प्राप्त गर्न सक्छन्। जसले गर्दा बचत तथा मुद्धती खाताहरुमा भईंरहने ब्याजदर परिवर्तनले हुने जोखिम यसका लगानीकर्ताले उठाउनु पर्दैन।

कम्पनीले साधारण शेयर र अग्राधिकार शेयरका लगानीकर्ताहरुलाई लाभांश वितरण गर्नुअघि ऋणपत्र धनीलाई ब्याज दिनुपर्छ। कम्पनीले नोक्सानमा गएको वर्ष शेयर लगानीकर्ताहरुलाई लाभांश नबाड्ने भए पनि ऋणपत्र धनीलाई अनिवार्य रुपमा ब्याज भुक्तान गर्नुपर्छ।

शेयरजस्तै डिबेन्चर धितोपत्र बजारमा पनि सूचीकृत हुने हुँदा सजिलै किनबेच गर्न सकिन्छ । अन्य बैंकहरुमा धितो राखेर ऋण लिन सकिने र निर्धारीत अवधि समाप्त भएपछि एकमुष्ठ भुक्तानी पाईने भएकाले लगानीकर्ताहरुलाई दीर्घकालीन रुपमा फाइर्दा नै हुनेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।