जनउत्थान लघुवित्तको साढे १८ हजार कित्ता शेयर लिलामीमा आउने

Aug 20, 2019 12:20 PM Merolagani

जनउत्थान सामुदायिक लघुवित्त (JSLBB) ले हकप्रदमा बिक्री नभएको साढे १८ हजार कित्ता शेयर भदौ १० गतेदेखि लिलाम बढाबढमा बिक्रीमा ल्याउने भएको छ ।

लघुवित्तले गत असार १२ गतेदेखि साउन १७ गतेसम्म बिक्रीमा ल्याएको चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयरमा सर्वसाधारण समुहको १८ हजार ५०३ कित्ता शेयर बिक्री नभएपछि सो शेयर लिलामी बिक्रीमा ल्याउन लागेको हो। 

कम्पनीको लिलामी शेयरमा सर्वसाधारणले न्युनतम १०० कित्तादेखि अधकतम सबै कित्ता शेयर खरिदको लागि आवेदन दिन सकिने छ। लिलामी शेयरमा कम्तिमा सय रुपैयाँ अंकित गरी प्रतिशपर्धात्मक मूल्यमा बोलपत्र आवेदन दिन सक्नेछन्

लिलामी शेयरमा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल, जनउत्थान लघुवित्तको कार्यालय तथा सिद्धार्थ बैंकका शाखा कार्यालयहरु, विराटनगर, विर्तामोड, वीरगञ्ज, जनकपुर, हेटौंडा, नारायणगढ, पोखरा, बाग्लुङ, बुटवल, घोराही, नेपालगञ्ज, सर्खेत, धनगढी र महेन्द्रनगरबाट भदौ १७ गतेसम्म आवेदन गर्न पाइने छ।

गत आर्थिक वर्षको चौंथो त्रैमाससम्मको वित्तिय विवरण अनुसार हाल लघुवित्तको चुक्ता पूँजी ४ करोड २९ लाख रुपैयाँ छ। चौथो त्रैमाससम्ममा लघुवित्तले दुई करोड ४६ लाख रुपैयाँ नाफा गरेको लघुवित्तको प्रतिशेयर आम्दानी ५७ रुपैयाँ ४६ पैसा छ ।

सोमबार लघुवित्तको दोस्रो बजारमा शेयरमूल्य ९७५ रुपैयाँमा कारोबार बन्द भएको थियो । 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।