फागुनमा आईपिओ निकालेको पाँचथर पावर घाटामा

Aug 20, 2019 01:05 PM Merolagani

पाँचथर पावर कम्पनी (PPCL) ले गत आर्थिक वर्षको चौंथो त्रैमासम्ममा ७ करोड ८६ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ। विद्युत बिक्री र अन्य स्रोत मार्फतको आम्दानी घटेसँगै कम्पनीको नोक्सानी बढेको हो।

अघिल्लो वर्षको यसै अवधिको तुलनामा पाँचथर पावरको नोक्सानी २ करोड १३ लाख रुपैयाँले बढेको हो। अघिल्लो आवमा कम्पनी ५ करोड ७२ लाख रुपैयाँ नोक्सानीमा थियो। 

चौंथो त्रैमाससम्म कम्पनीले विद्युत बिक्री मार्फत् २४ करोड ९९ लाख रुपैयाँ आम्दानी गरेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३३ लाख ५७ हजार रुपैयाँले कम हो। अघिल्लो आवमा कम्पनीले २५ करोड ३२ लाख रुपैयाँ आम्दानी गरेको थियो।

यसैगरी अघिल्लो आवमा कम्पनीले अन्य स्रोत मार्फत् ६ लाख ४० हजार रुपैयाँ आम्दानी गरेकोमा गत आवको चौंथो त्रैमाससम्म ६० हजार रुपैयाँ मात्र आम्दानी गरेको छ। यस अवधिमा कम्पनीको समग्र खर्च पनि बढेको छ।

चुक्ता पूँजी ९६ करोड २५ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोष १८ करोड १७ लाख रुपैयाँले नोक्सानीमा रहेको छ। यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ १७ पैसाले ऋणात्मक छ प्रतिशेयर नेटवर्थ घटेर ८१ रुपैयाँ १२ पैसामा झरेको छ।

कम्पनीले फागुन १३ देखि १७ गतेसम्म कूल १७ लाख ५० हजार २५० कित्ता साधारण शेयर निष्काशन गरेको थियो।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।