अलिबाबाद्धारा हङकङमा १५ अर्ब डलरको शेयर सूचीकरण स्थगित

Aug 21, 2019 03:33 PM Agency

चीनको सबैभन्दा ठूलो ई–कमर्श कम्पनी अलिबाबाले हङकङमा हुने भनिएको १५ अर्ब डलरको शेयर सूचीकृत स्थगित गरेको छ । एशियाको वित्तीय क्षेत्रमा देखिएको बढ्दो राजनीतिक अस्थिरताको कारण देखाउदैँ कम्पनीले हङकङमा गर्न लागेको शेयर सूचीकरण स्थगित गरेको बताइएको छ। 

कहिले सूचीकरण गर्ने भनेर औपचारिक रुपमा घोषणा नगरिएपनि अक्टोबर महिनाको सुरुवातसम्ममा हङकङ सूचीकरण हुनसक्ने बताइएको छ।

राजनीतिक तनाव कम भएको र बजारको अवस्था अनुकुल भएको खण्डमा कम्पनीले १०–१५ अर्ब डलरसम्मको शेयर सूचीकरण गर्ने रोयटर्सले जनाएको छ।

उक्त सूचीकरण स्थगित गर्ने निर्णय अगष्ट महिनाको सुरुवातमा नै गरिएको भएपनि कम्पनीले पछिल्लो वित्तीय अवस्था जारी गर्नुभन्दा पहिले बोर्ड बैठक बसेर स्थगित गर्ने निर्णय गरेको बताइएको छ।

केही महिना पहिले अमेरिकी बजारमा सूचीकृत भएको कम्पनीले हङकङमा सूचीकृत भएर १५ अर्ब डलर जुटाउने योजना राखेको थियो। 

कम्पनीले सन् २०१४ मा अमेरिकामा सूचीकृत भएको समयमा २५ अर्ब डलर जुटाएको थियो । यो नै विश्वको सबैभन्दा ठूलो आईपिओका रुपमा रहेको थियो।

हङकङमा शेयर बिक्रीबाट प्राप्त रकमबाट प्रविधमा लगानीका लागि अलिबाबाको रिजर्भ फण्ड बलियो हुनेछ। अमेरिकासँगको व्यापार युद्धका कारण चीनले आफ्नो अर्थव्यवस्थालाई बलियो बनाउनका लागि प्रविधिमा लगानी पहिलो प्राथमिकतामा राखेको छ।

कम्पनीले घरेलु शेयर बजारमा नै शेयर सूचीकरण गर्न खोजेको थियो। तर अमेरिका र चीनबीच जारी व्यापार युद्धका कारण शेयर सूचीकरणका लागि हङकङलाई रोजिएको हुन सक्ने विश्लेषकहरुले बताएका छन्।

हङकङमा कम्पनीको शेयर सूचीकरणले मुख्यभूमि चीनका लगानीकर्ताहरुले हङकङ, शाङघाई र शेञ्चनबीचको स्टक कनेक्ट ट्रेडिङ लिंकमार्पmत अलिबाबाको शेयर किन्न पाउनेछन्।

अलिबाबाको शेयर सूचीकरण हङकङ स्टक एक्सचेञ्जको सबेभन्दा ठूलो पूँजी सम्झौता हुनेछ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।