हिमाल दोलखा हाइड्रोको ७६ करोडको आईपीओ बिहीबार बाँडफाँड

Aug 21, 2019 03:44 PM Merolagani

हिमाल दोलखा हाइड्रोपावर (HIMAL) ले निष्काशन गरेको ७६ करोडको प्राथमिक शेयर (आईपीओ) भदौ ५ गते बाँडफाँड हुने भएको छ। बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले क्यापिटलको कार्यालय जमलमा बिहीबार अपराह्न ४ बजे बाँडफाँड हुने जानकारी दिएको छ।

सर्वसाधारणबाट निष्काशित सबै शेयरमा आवेदन नपरेका कारण कम्पनीको आईपिओमा आवेदन गरेका लगानीकर्ताले माग अनुसार कै शेयर प्राप्त गर्ने भएका छन्।

सर्वसाधारणबाट निष्काशित शेयरको आधारभन्दा कम (४३.२६) प्रतिशत अर्थात ३३ लाख १८ हजार ६३० कित्ता शेयरको लागि ७४ हजार ४४० वटा अवेदन परेको छ।

निर्धारित समयमा सर्वसाधारणबाट सबै शेयर बिक्री नभएपछि कम्पनीका सञ्चालक तथा प्रबन्धकहरुलाई समेत खुला गरेपनि अवितरित भएपछि प्रत्याभूतिकर्ता मर्चेन्ट बैंकले समेत कम्पनीको आईपीओ सकारेका छन्। 

हिमाल दोलखाले असार २५ देखि साउन २४ गतेसम्म ७४ लाख ९३ हजार ७६६ कित्ता शेयर सर्वसाधारणमा निष्काशन गरेको थियो। सामूहिक लगानी कोषलाई २५ हजार कित्ता बाँडफाँड तथा कम्पनीका कर्मचारीलाई १ लाख ५३ हजार ४४४ कित्ता शेयर आरक्षण गरेको थियो।

हाल कम्पनीको चूक्ता पूँजी १ अर्ब ६९ करोड रूपैयाँ छ। आईपीओपछि कम्पनीको चुक्ता पूँजी दुई अर्ब ४७ करोड पुग्नेछ।

हिमाल दोलखा हाइड्रोपावरले इलाममामाई खोला स्मल हाइड्रोपावर र माई खोला स्मल क्यास्केड गरि दुई वटा आयोजना सञ्चालन गरिरहेको छ । माई खोला स्मल हाइड्रोपावरको क्षमता ४.५५ मेगावाट र माई खोला स्मल क्यास्केड हाइड्रोपावर ८ मेगावाट रहेको छ।

यस्तै कम्पनीले केबीएनआर इशुवा पावर लिमिटेड (९७.२ मेगावाट) मा १९ प्रतिशत शेयर लगानी गरेको छ । त्यस आयोजनाको प्रति मेगावाट लागत १० करोड रहेको र सोबाट प्रति मेगावाट ४.३५ करोड आम्दानी हुने कम्पनीले जनाएको छ। कम्पनीले आव २०७६/७७ सम्ममा १२ करोड १२ लाख र आव २०७७/७८ मा १४ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण रहेको छ।

हिमाल दोलखा हाईड्रोपावरले इलामको इलाम नगरपालिका वडा नं. ९, १० र माई नगरपालिका वडा नं. ९ मा रहेको छ। कम्पनीसँग ४.५ मेगावाट माई खोला साना जलविद्युत आयोजना र ८ मेगावाट माई खोला साना क्यासकेड जलविद्युत आयोजना सञ्चालनमा छन्।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।