इच्छुक लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयका अलवा मेरो शेयर सफट्वेयर मार्फत बिहीबार कार्यालय समयभित्र आवेदन दिन सक्नेछन्।
यसमा सर्वसाधारणमा लगानीकर्ताले प्रति ईकाई १० रुपैयाँका दरले १०० इकाईदेखि एक करोड ४० लाख इकाईसम्म लगानी गर्न पाउने व्यवस्था छ ।
बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार भदौ ४ गते बुधबार साँझ सम्ममा ८ हजार ८०० आवेदनबाट ९५ करोड रुपैयाँ बराबरको ९ करोड ५० लाख इकाइको लागि माग आवेदन परेको छ।कूल १४ करोड इकाईमध्ये योजनाको प्रबद्र्धक सिद्धार्थ बैंकलाई २ करोड १० लाख इकाई सुरक्षित राखेर ११ करोड ९० लाख इकाई सर्वसाधारणमा बिक्रीमा ल्याइएको थियो।
सर्वसाधारणको लागि निष्काशनमा ल्याएको एक अर्ब १९ करोड रुपैयाँको ८० प्रतिशत अर्थात ९५ करोड रुपैयाँ बराबरको आवेदन परेपछि याेजना निष्काशन बन्द गर्ने भएको हो ।
क्यापिटलले साउन २३ गतेदेखि एक अर्ब ४० करोड रुपैयाँ बराबरको ईकाई बिक्रीमा ल्याएको थियो । त्यस मध्ये २ करोड १० लाख रुपैयाँ कोष प्रवर्धक सिद्धार्थ बैंकलाई छुट्टयाएर बाँकी रहेको एक अर्ब १९ करोड रुपैयाँ सर्वसाधारणलाई निष्काशन ल्याएको हो।
सिद्धार्थ ग्रोथ स्किम २, दश वर्षे योजना हो, जसले पहिलो वर्ष प्रति ईकाई ५० पैसा र , दोस्रो वर्षदेखि प्रति ईकाई १ रुपैयाँ पाँचौ वर्षदेखि नवौवर्षसम्म १ रुपैयाँ ५० पैसा लाभांश दिने र दशौं वर्षमा २० रुपैयाँ १० पैसा सहित ईकाईधनीलाई पैसा फिर्ता दिईने जनाइएको छ ।