गुणस्तर तथा नापतौलद्धारा ११ उद्योगलाई कारवाही

Aug 21, 2019 06:17 PM Merolagani

तोकिएको समयमा नापतौल यन्त्र जाँच र नवीकरण नगराउने पर्सा जिल्लाका ११ उद्योगलाई कारवाही गरिएको छ ।

वीरगञ्जस्थित गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयका प्रमुख शशिभूषण यादवको नेतृत्वमा खटिएको टोलीले छड्के गर्दा ती उद्योगले लामो समयदेखि नापतौल यन्त्र कानूनी प्रक्रिया पूरा नगरी अवैधरुपमा प्रयोग गरेको पाइएकाले कारवाही गरिएको हो ।

कारवाहीमा परेका उद्योगहरुमा जगदम्बा डिस्ट्रिब्युटर्स प्रालि वीरगञ्ज, मारुती रबर इन्डस्ट्रिज प्रालि, मोहित एग्रो इन्डस्ट्रिज प्रालि, ओम खाद्य उद्योग प्रालि, न्यू ओम खाद्य उद्योग, गङ्गा खाद्य उद्योग, शिवम् एग्रो इन्डस्ट्रिज प्रालि र दीपेश खाद्य उद्योग रहेका छन्।

शिवम् एग्रो इन्डस्ट्रिजको चामलको २० र २५ किलोग्रामको बोरामा तोकिएकोभन्दा तौल कम पाइएकाले कारवाही गरिएको जनाइएको छ । यसैगरी अन्य उद्योगहरुलाई नापतौल ऐन २०२५ अनुसार कसुरबमोजिम कारवाही गरिने गरिने भएको छ ।

यसअघि हेटौँडामा रहेको शिवम् फ्युल सेन्टर र एसियन पेन्ट्स उद्योगलाई कारवाही गरिएको थियो । लामो समयदेखि उद्योग र व्यावसायिक प्रतिष्ठानको नापतौल यन्त्रको अनुगमन नहुँदा उपभोक्ता गठिदैँ आएको व्यापक गुनासो आएपछि छड्के जाँच तथा अनुगमन शुरु गरिएको कार्यालय प्रमुख यादवको भनाइ थियो ।

केही महीनायता बारा, पर्सा र मकवानपुरमा सञ्चालित पेट्रोल पम्पहरुमा गरिएको अनुगमनमा कैफियत देखिएका एक दर्जन पम्प व्यवसायीलाई कारवाही गरिएको थियो । हाल उद्योग र व्यवसाय बढ्दै गएका तर अनुगमन सुस्त हुँदा उपभोक्ता ठगिने गरेका हेटौँडा–४ का रामप्रसाद भट्टराईले बताए।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।