जिएसएमए र एनसेलद्वारा आयोजित ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’ सम्पन्न

Aug 21, 2019 06:40 PM Merolagani

विश्वभरका मोबाइल सेवा प्रदायक कम्पनीहरुको छाता संगठन जिएसएमए (जिएसएम एसोसियसन) ले एनसेलसँगको सहकार्यमा नेपाली स्टार्ट अपहरुका लागि आयोजन गरिएको एक दिने ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’ सम्पन्न भएको छ।

जिएसएमए विश्वभर संचालनमा रहेका ७५० भन्दा बढि सेवा प्रदायकहरु र मोवाइल एकोसिस्टमका झण्डै ४०० कम्पनीहरुको साझा संगठन हो।

वर्कसप स्टार्ट अपहरुले कसरी मोवाइल सेवा प्रदायकहरुसँग साझेदारी गर्न सक्छन्, त्यसका लागि आवश्यक उपकरण तथा तयारी के कस्तो हुन पर्दछ भन्नेमा केन्द्रित थियो।

नयाँ प्रविधि, अहिलेको ट्रेन्डस् र विभिन्न स्टार्ट अपहरुले अफ्रिका तथा एसिया प्यासेफिकमा टेलिकम कम्पनी, स्टार्ट अप र ग्राहकलाई फाइदा हुने गरी मोवाइल सेवा प्रदायकसँग साझेदारी गराएका छन्।

वर्कसपमा एनसेलका चिफ स्ट्राटिजी अफिसर इरविन एम. युसुफले “परिवर्तनशील दूरसञ्चार क्षेत्रमा टेलिकम कम्पनीहरुले अब मुख्य उत्प्रेरक बनेर दीगो व्यवसायका लागि संलग्न सबैको हितमा काम गर्न आवश्यक रहेको बताए। उनले भने “टेलिकम कम्पनीहरुका लागि धेरै सम्भावनाहरु रहेका छन् र एनसेल स्टार्ट अपहरुसँग साझेदारी गर्न आशावादी छ,”।

कार्यशालामा मार्केट इन्गेजमेन्ट डाईरेक्टर मार्टिन कारान्जाले मोबाइल अपरेटर र स्टार्ट अपबीचमा कसरी सहकार्य हुन्छ र कसरी नेपालमा पनि यस्तो मोबाइल अपरेटरहरुसँग सहकार्य गर्न सकिन्छ भन्ने बारेमा प्रकाश पारेका थिए ।

टेलिकम कम्पनी र स्टार्ट अपहरुबीच सहकार्य आवश्यक रहेको बताउँदै सारथीका सह संस्थापक रवी सिंघलले भने, हाम्रो स्टार्ट अप पूर्ण रुपमा मोवाइल प्लेटफर्ममा आधारित भएकोले यो कार्यशालाले एनसेलसँग संम्भावित सहकार्यका लागि नयाँ बाटो खोलेको छ । 

“हामी टेलिकम सेवा प्रदायकहरुसँग मिलेर कसरी दुवै कम्पनीहरु, ट्याक्सी ड्राइभर र ग्राहकलाई लाभ दिन सकिन्छ भनेर काम गर्न खोजिरहेका छौं, उनले भने, “स्टार्ट अपहरुलाई प्रोत्साहन गर्न यस किसिमको कार्यशाला आयोजना गरिएकोमा हामी निकै खुसी छौ,”

सारथीले अनलाइनबाटै आवत जावतका लागि ट्याक्सी सुविधा, बुकिङ, लिजिङ र कार भाडामा उपलब्ध गराउने काम गर्छ । 

नेपालमा स्टार्ट अप कम्पनीहरु र मोवाइल सेवा प्रदायक कम्पनीहरुका बीचमा सहकार्य सुदृढ पार्ने उद्देश्यले आयोजन गरिएको उक्त वर्कसपमा ३० वटा स्टार्ट अपका ५० भन्दा बढि प्रतिनिधीेहरुको सहभागीता रहेको थियो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।