सिद्धार्थ बैंकको ऋणपत्रमा लगानी: सात वर्षसम्म निरन्तर १०.२५% ब्याज आम्दानी

Aug 22, 2019 09:14 AM Merolagani

सिद्धार्थ बैंक (SBL) ले भदौ ५ गतेदेखि २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्रीमा ल्याएको छ। धितोपत्रको दोस्रो बजारमा जोखिम बहन गर्ने आँट नभईरहेका लगानीकर्ताका लागि यो सात वर्षसम्म वार्षिक १०.२५ प्रतिशत ब्याज प्राप्त गर्ने अवसर समेत हो।

बैंकहरुको मुद्धती निक्षेपमा भईरहने ब्याजदर परिवर्तनबाट मुक्ता हुने हो भनेपनि लगानीकर्तालाई ऋणपत्रमा लगानी अर्को विकल्प हो। हाल वाणिज्य बैंकहरुले मुद्धती निक्षेपमा ९.५० प्रतिशतसम्म घोषित ब्याजदर दिईरहेका छन्। सिद्धार्थ बैंकको ऋणपत्रमा सोभन्दा बढी ब्याजदर प्राप्त हुनेछ ।

बैंकले प्रतियुनिट एक हजार रुपैयाँ अंकित दरमा २५ लाख इकाई ऋणपत्र बिक्रीमा ल्याएको हो। कूल निष्काशित २५ लाख इकाईमध्ये १० लाख इकाई सर्वसाधारणका लागि खुला गरिएको छ भने १५ लाख इकाई व्यक्तिगत तवरबाटै बैंकले संस्थाहरुलाई बिक्री गर्नेछ । सात वर्ष अवधिको ‘१०.२५ प्रतिशत सिद्धार्थ बैंक डिबेन्चर २०८३’ ऋणपत्रमा वार्षिक १०.२५ ब्याजदर अर्धवार्षिक रुपमा भुक्तानी हुनेछ।

ऋणपत्रको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । इच्छुक लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय र मेरो शेयर सफ्टवेयर मार्फत ऋणपत्रमा आवेदन गर्न सक्नेछन्। ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन गर्न पाउने व्यवस्था छ ।

भदौ ५ गतेदेखि निष्काशित ऋणपत्रमा छिटोमा भदौ ९ गते तथा सो अवधिमा सबै बिक्री नभए असोज ५ गतेसम्म आवेदन गर्न सकिनेछ ।

बैंकको ऋणपत्रलाई क्रेडिट रेटिङ्ग एजेन्सी इक्रा नेपालले न्यून कर्जा जोखिम जनाउने 'इक्रा एनपि एलए माइनस' रेटिङ्ग प्रदान गरेको छ।

राष्ट्र बैंकले तरलता अभाव हटाउन तथा दीर्घकालीन स्रोत परिचालनका लागि वाणिज्य बैंकहरुलाई मौद्रिक नीति मार्फत चुक्ता पूँजीको २५ प्रतिशत ऋणपत्र अनिर्वाय जारी गर्नुपर्ने व्यवस्था गरेको छ। सो पश्चात ऋणपत्र निष्काशन नगरेका बैंकहरु धमाधम ऋणपत्र निष्काशनको तयारीमा छन्।बैंकहरुले ऋणपत्र बिक्रीबाट प्राप्त हुने शतप्रतिशत रकम कर्जा प्रवाहमा प्रयोग गर्न पाउनेछन्।

  • ऋणपत्र खरीद गर्ने लगानीकर्तालाई हुन्छन् यस्ता फाइदा

कूल ऋण पूँजीलाई सर्वसाधरण सबैले खरिद गर्न सक्ने गरि स-साना एकाईहरुमा विभाजन गरिएको एकाईहरुलाई ऋणपत्र भनिन्छ । अझै प्रष्ट रुपमा भन्नु पर्दा ऋणपत्र भन्नाले कम्पनीले ऋणमा लगानी गर्ने पक्षलाई ऋणको रकम, ब्याजदर र भुक्तानी विधि, अचल जायजेथा धितो राखेको भए सोको अवस्था आदि शर्तहरु उल्लेख गरि आधिकारिक रुपमा गरिदिएको लिखित पत्र हो । 

ऋणपत्रमा लगानी गर्दा लगानीकर्ता (ऋणपत्र धनी) ले कम जोखिममा ऋणपत्र निष्काशन गर्दा तोकिएको प्रतिशत ब्याज वार्षिक रुपमा प्राप्त गर्न सक्छन्। जसले गर्दा बचत तथा मुद्धती खाताहरुमा भईंरहने ब्याजदर परिवर्तनले हुने जोखिम यसका लगानीकर्ताले उठाउनु पर्दैन।

कम्पनीले साधारण शेयर र अग्राधिकार शेयरका लगानीकर्ताहरुलाई लाभांश वितरण गर्नुअघि ऋणपत्र धनीलाई ब्याज दिनुपर्छ। कम्पनीले नोक्सानमा गएको वर्ष शेयर लगानीकर्ताहरुलाई लाभांश नबाड्ने भए पनि ऋणपत्र धनीलाई अनिवार्य रुपमा ब्याज भुक्तान गर्नुपर्छ।

शेयरजस्तै डिबेन्चर धितोपत्र बजारमा पनि सूचीकृत हुने हुँदा किनबेच गर्न सकिन्छ । अन्य बैंकहरुमा धितो राखेर ऋण लिन सकिने र निर्धारित अवधि समाप्त भएपछि एकमुष्ठ भुक्तानी पाईने भएकाले लगानीकर्ताहरुलाई दीर्घकालीन रुपमा फाइर्दा नै पुग्छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।