सनराइज बैंकले ३ अर्बको ऋणपत्र जारी गर्ने, सिद्धार्थ क्यापिटलसँग बिक्री सम्झौता

Aug 22, 2019 09:35 AM Merolagani

सनराइज बैंकले सात वर्ष अवधिको ३ अर्बको ऋणपत्र जारी गर्ने भएको छ। बैंकले ऋणपत्र जारी गर्न बुधबार सिद्धार्थ क्यापिटललाई डिबेञ्चर निष्काशन तथा बिक्री प्रबन्धक चयन गरेको छ।

डिबेञ्चर निष्काशन सम्बन्धि सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र सिद्घार्थ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत धु्रब तिमिल्सिनाले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार सिद्धार्थ क्यापिटलाई “सनराइज डिबेञ्चर २०८३” को डिबेञ्चर ट्रस्टी र वितरण प्रबन्धकको रुपमा नियुक्त गरिएको छ।

बैंकले निष्काशन गर्ने ३ अर्ब ऋणपत्रमध्ये एक अर्ब २० करोडको १२ लाख कित्ता सर्वसाधारणमा निष्काशन हुनेछ भने एक अर्ब ८० करोड बराबरको १८ ला कित्ता बैंकले व्क्तिगत तवरबाट बिक्री गर्नेछ । बैंकको ऋणपत्रमा लगानी गर्नेले वार्षिक १०.२५ प्रतिशत व्याजदर अर्धवार्षिक रुपमा भुक्तानी पाउनेछन्।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।