दुई अर्ब ६५ करोडको म्युचुअल फण्डमा आवेदन दिने बिहीबार अन्तिम दिन

Aug 22, 2019 11:25 AM Merolagani

दुई अर्ब ६५ करोड रुपैयाँ बराबरको सामूहिक लगानी कोषका इकाई(म्युचुअल फण्ड)  मा आवेदन दिने आज (भदौ ५ गते) बिहीबार अन्तिम दिनको रहेको छ। दुबै फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा लिएको सम्पूर्ण बैंक तथा वित्तीय संस्थाको अलवा मेरो शेयरबाट समेत आवेदन दिन सक्नेछन्। 

आवेदकले भदौ ५ गते कार्यालय समयभित्र आवेदन पेश गरिसक्नुपर्नेछ ।

सिद्धार्थ क्यापिटलले एक अर्ब ४० करोड रुपैयाँ बराबरको सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम २ (SIGS2) र एनआईसी एशिया क्यापिटलले एक अर्ब २५ करोड रुपैयाँ बराबरको एनआईसी एशिया ब्यालेन्स फण्ड बिक्रीमा ल्याएका थिए

सिद्धार्थ क्यापिटले साउन २३ गतेदेखि एक अर्ब ४० करोड रुपैयाँ बराबरको ‘सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम २’ बिक्रीमा ल्याएको मा २ करोड १० लाख रुपैयाँ कोष प्रवर्धक सिद्धार्थ बैंकलाई छुट्टयाएर बाँकी रहेको एक अर्ब १९ करोड रुपैयाँ सर्वसाधारणलाई निष्काशन ल्याएको हो ।

भदौ ४ गते बुधबार सम्ममा फण्डमा ८ हजार ८०० आवेदनबाट ९५ करोड रुपैयाँ बराबरको ९ करोड ५० लाख इकाइको लागि माग आवेदन परेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ।

सिद्धार्थ ग्रोथ स्किम २, दश वर्षे योजना हो, जसले पहिलो वर्ष प्रति ईकाई ५० पैसा र , दोस्रो वर्षदेखि प्रति ईकाई १ रुपैयाँ पाँचौ वर्षदेखि नवौवर्षसम्म १ रुपैयाँ ५० पैसा लाभांश दिने र दशौं वर्षमा २० रुपैयाँ १० पैसा सहित ईकाईधनीलाई पैसा फिर्ता दिईने जनाइएको छ ।

यता एनआईसी एशिया क्यापिटलले साउन ८ गतेदेखि दश वर्ष अवधिको ‘एनआइसी एशिया ब्यालेन्स फण्ड’को १ अर्ब २५ करोड रुपैयाँ बराबरको १२ करोड ५० लाख इकाई बिक्रीमा ल्याएको थियो।

लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा लिएको सम्पूर्ण बैंक तथा वित्तीय संस्थाको अलवा मेरो शेयरबाट समेत आवेदन दिन सक्नेछन्। इकाईमा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड ७५ लाखसम्म आवेदन दिन पाइने व्यवस्था छ।

कूल निष्काशित १२ करोड ५० लाख इकाईमध्ये कोष प्रवद्र्धनमा एनआईसी एसिया बैंकका लागि १४ प्रतिशत अर्थात १ करोड ७५ लाख इकाइ तथा योजना व्यवस्था एनआईसी एसिया क्यापिटल लिमिटेडलाई एक प्रतिशत अर्थात १२ लाख ५० हजार इकाई सुरक्षित गरिएको छ। बाँकी १० करोड ६२ लाख ५० हजार इकाई सर्वसाधारणका लागि निष्काशन खुला गरिएको हो।

फण्डले पहिलो वर्ष बैंकको फिक्स्ड डिपोजिटमा कोषको आकारको १० प्रतिशत, ऋणपत्रहरुमा १० प्रतिशत, दोस्रो बजारमा ५५ प्रतिशत र कल अकाउण्टमा २५ प्रतिशत लगानी गर्ने योजना अघि सारेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।