सबैको लघुवित्तको नेप्सेमा शेयर कारोबार खुल्यो

Aug 22, 2019 11:03 AM Merolagani

सबैको लघुवित्त वित्तीय संस्थाको भदौ ५ गते बिहीबारदेखि नेपाल स्टक एक्सचेञ्जमा शेयर कारोबार खुलेको छ । कम्पनीले बुधबार शेयर कारोबारका लागि सूचीकरण गराएसँगै बिहीबारबाट लघुवित्तको शेयर कारोबारमा आएको हो।

नेप्सेले सबैको लघुवित्तको शेयर कारोबारका लागि एसएबिएसएल (SABSL) कारोबार संकेत प्रदान गरेको छ ।

बिहीबारबाट लघुवित्तको यहि सिम्बोलमा शेयर कारोबार हुनेछ । यसैगरि नेप्सेले पहिलो कारोबारका लागि प्रतिकित्ता १०० रुपैयाँ ८८ पैसादेखि अधिकतम ३०२ रुपैयाँ ६४ पैसासम्मको ओपनिङ्ग कारोबार रेञ्ज प्रदान गरेको छ ।

लघुवित्तको पहिलो कारोबार अधिकतम मूल्य ३०२ रुपैयाँ १० कित्ता बाट सुरु भएको छ ।

लघुवित्तले बुधबार ५ लाख ३० हजार कित्ता साधारण शेयर सहित कूल १६ लाख ५० हजार कित्ता शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत गराएको थियो।

लघुवित्तले गत साउन १ गते ५ करोड ३० लाख बराबरको ५ लाख ३० हजार कित्ता आईपिओ निष्काशन गरेको थियो। सो शेयर साउन १० गते बाँडफाँड भएको थियो।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।