सीडीएससीको सिस्टममा फेरि बल्झियो समस्या

Aug 22, 2019 01:02 PM Merolagani

सीडीएस एण्ड क्लियरिङको प्रणालीमा समस्या देखिने क्रम रोकिएको छैन। यस अघि पनि पटक-पटक समस्या आईरहेको प्रणलीमा बिहीबार पुनः यस्तो समस्या दाेहाेरीएकाे छ।

सीडीएससीको सिस्टममा समस्या देखिएकाले बिहीबार शेयर राफसाफ र धितो बन्धकको काम ठप्प भएको एक ब्रोकरले बताए। प्रणाली अवरुद्ध हुँदा निक्षेप सदस्य, शेयर रजिष्ट्रार, दलाल, बैंक र लगानीकर्ताहरुले मारमा परेका छन्।

सिडिएस एण्ड क्लियरिङ्गको सफ्टवयरमा समस्या देखिएपछि शेयरको राफसाफ, प्रथामिक निष्काशनमा आवेदन, नबीकरण, हस्ताक्षर रुजु लगायतका कामहरु हुन सकेको छैनन्। 

सिडिएस एण्ड क्लियरिङ्गले भने सिस्टमको लिङ्क डाउन भएर समस्या उत्पन्न भएको भन्दै अहिले देखिएको ठूलो समस्या नभएको बताएको छ। उसले भन्यो 'यो खासै ठुलो समस्या होइन, हामी हेरीरहेका छौं । छिटै समस्या समधान हुन्छ।'

नेपालको पूँजी बजार पूर्ण स्वचालित प्रणालीमा लग्दै अत्याधुनिक बनाउनेतर्फ नियामक निकाय लागिरहेको बताउने गरेपनि प्रविधिमा बारम्बार समस्या दोहोरिनुले भने नियामक निकायले समस्यालाई ठूलो रुपमा नलिने गरेको एक लगानीकर्ताले बताए।

प्राविधिक पाटोमा कुनै बेला समस्या आउनु नौलो कुरो होइन, तर पटक पटक आउने यस्ता समस्याबाट सरोकारवालाहरु आजित भैइरहँदा समेत समस्याको दीर्घकालीन समाधानतर्फ लाग्न छाडेर समस्यालाई समान्य लिनुलाई भने आम लगानीकर्ताले नियामकीय क्षमतामाथि नै प्रश्न उठान थालेका छन्।

यसअघि पनि मेरो शेयर तथा सिडिएस एण्ड क्यिरिङ्गको प्रणालीमा समस्या आउने गरेको थियो। धितोपत्र बोर्डले  पटक पटक समस्या आउँदा सिडिएस एण्ड क्यिरिङ्गलाई स्पष्टिकरण सोध्ने गरेपनि कुनै कारवाही भने गर्ने गरेको छैन। 

नेपालको शेयर बजारमा प्रयोग गरिएको प्रविधि र सो को क्षमता तथा  आउने समस्या समाधानका लागि दक्ष जनशक्ति अभावका बीच नै कार्यान्वयनमा ल्याउँदा लगानीकर्ता र सरोकारवालाले नसोचेको धोका पाउने गरेका छन् ।

बैंकिङ र पूँजी बजार जस्तो संवेदनशील एवं शीघ्र सेवा दिनुपर्ने क्षेत्रमा देखिएको यस प्रकारको घटना दोहोरिरहने हो भने यस्ता घटनाले लगानीकर्ताको मनोबल खस्केर बजारप्रतिको विस्वसनियता समेत धरासायी हुन्छ । यसअघि साउन अन्तिम सातामा मात्रै प्रणालीले काम नगर्दा लगानीकर्ताले हैरानी खेपेका थिए।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।