धितोपत्र बोर्डमा ढुंगानाको प्रवेश, अध्यक्षको तयारीका साथ बिज्ञ समूहमा नियुक्त

Aug 22, 2019 01:05 PM merolagani

धितोपत्र बोर्डमा रिक्त रहेको बिज्ञ सदस्यमा भीष्मराज ढुंगाना नियुक्त भएका छन् । गत चैत्रदेखि खाली रहेको सो पदमा अर्थमन्त्री डा युवराज खतिवडाले ढुंगानालाई नियुक्त गरेका हुन ।

ढुंगाना गत जेठमा राष्ट्रबैकको कार्यकारी निर्देशकबाट अवकास पाएका थिए । उनी अवकास हुनु पूर्व बैदेशिक बिनिमय विभागमा कार्यकारी निर्देशक थिए । 

अर्थमन्त्रीले ढुंगानालाई नियुक्त गरेपनि त्यसको जानकारी धितोपत्र बोर्डमा पुगिसकेको छैन ।

ढुंगानाले राष्ट्रबैकको पदेन सदस्यको रूपमा यसअघि नेप्से सन्चालक समितिमा रहेर काम गरिसकेका छन् ।
कात्तिक १ गतेदेखि अवकास पाउन लागेका धितोपत्र बोर्डका अध्यक्ष डा रेवत वहादुर कार्की पछि ढुंगानालाइ  ल्याउन बिज्ञ सदस्य नियुक्त गरिएको चर्चा चल्न थालेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।